कामना सेवा विकास बैंकको अग्राधिकार सेयर बाँडफाँड
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गरेको ‘केएसबिबिएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ को बाँडफाँड आज सम्पन्न भएको छ। बैंकको निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको लाजिम्पाटस्थित कार्यालयमा उक्त सेयर बाँडफाँड गरिएको हो।
बैंकले ३५ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्कासन गरेकोमा लगानीकर्ताहरूबाट उत्साहजनक सहभागिता रहेको जनाइएको छ। निष्कासन गरिएको रकमभन्दा १.९ गुणा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ। यस प्रकारको उत्साहजनक सहभागिताले नेपाली पुँजी बजार र वित्तीय क्षेत्रमा लगानीकर्ताहरूको उच्च विश्वास तथा आकर्षण रहेको बैंकको ठहर छ।
बैंकले परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरूका लागि गत माघ १२ गतेदेखि १५ गतेसम्म यो सेयर निष्कासन तथा बिक्री खुला गरेको थियो। वार्षिक ९ प्रतिशत लाभांश दर रहेको अविमोच्य तथा असञ्चिति प्रकृतिको यस्तो अग्राधिकार सेयर विकास बैंकहरूको इतिहासमा पहिलो पटक जारी गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण