शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अफगानिस्तानमा सन् २०२५ मा बारुती सुरुङ विस्फोटबाट ८७ जनाको मृत्यु

बुधबार, २१ माघ २०८२, १७ : २८
बुधबार, २१ माघ २०८२

अफगानिस्तान । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सन् २०२५ मा देशभर बारुती सुरुङ विस्फोटका कारण कम्तीमा ८७ जनाको मृत्यु हुनुका साथै ३३३ जना घाइते भएको जनाएको छ ।

विगत एक वर्षमा अफगानिस्तानमा खानी विस्फोट र बारुती सुरुङ विस्फोटको परिणामस्वरूप कुल १९३ वटा विस्फोट घटनाहरू रेकर्ड गरिएको प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताएका छन् । उनले कुल हताहतको ६७.५ प्रतिशत बालबालिका रहेकोसमेत उल्लेख गरेका छन् ।

सोही अवधिमा जमिनबाट खतराहरू हटाउन निकासी अपरेसनहरू भए पनि, अझै अधिकारीले एक लाख ६० हजार वर्ग किलोमिटर भन्दा बढी अफगान क्षेत्रमा खानी र बारुती सुरुङ रहेको जनाइएको छ ।

प्रतिवेदनले युद्धका विस्फोटक अवशेषहरूबाट विश्वको सबैभन्दा गम्भीर रूपमा प्रभावित राष्ट्रहरू मध्ये एकको रूपमा अफगानिस्तानलाई देखाएको छ । संयुक्त राष्ट्रसङघले हालै बारुती सुरुङ र गोलाबारुदका कारण हुने हताहतका लागि अफगानिस्तानलार्ई विश्वव्यापी रूपमा तेस्रो स्थानमा राखेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप