डन-३ र क्रिश-४ मा होला प्रियंकाको पुनरागमन ?
सारांश
- प्रियंका चोपडा ६ वर्षपछि एसएस राजामौलीको फिल्म वाराणसीबाट भारतीय सिनेमामा फर्कदैछिन्।
- उनले डन ३ र क्रिश ४ मा काम गर्ने इच्छा व्यक्त गरेकी छिन्, तर निश्चित नभएको बताइन्।
- वरिष्ठ अभिनेता महेश बाबुले प्रियंकाको भनाइलाई लिएर ठट्टा गरे, आगामी समय उत्साहजनक हुने बताए।
नयाँ दिल्ली । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला एसएस राजामौलीको फिल्म वाराणसीका कारण चर्चामा छिन् । यो फिल्मबाट उनी छ वर्षपछि भारतीय सिनेमामा पुनरागमन गर्दैछिन् । धेरै समयदेखि प्रियंका चोपडा डन ३ र क्रिश ४ मा देखिन सक्ने खबरहरू आइरहेका छन् । तर, अब पहिलो पटक उनले यी फिल्महरूबारे आफ्नो विचार व्यक्त गरेकी छिन् ।
प्रियंका चोपडाले यी दुवै फिल्मका पहिले रिलिज भएका भागहरूमा काम गरेकी थिइन् । यी फिल्महरूमा उनको अभिनयले निकै प्रशंसा पाएको थियो । यी फिल्महरूको नयाँ सिक्वेलमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भएको छैन । अब, प्रियंकाले यस विषयमा आफ्नो मौनता तोडेकी छिन् ।
आफूले यी फिल्मको हिस्सा बन्न चाहेको प्रियंका चोपडाले स्क्रिन रान्ट प्लससँगको एक अन्तर्वार्तामा भनेकी छिन् । तर आफू यी फिल्मको हिस्सा हुन्छु वा हुँदिन भन्ने कुरा थाहा नभएको उनको भनाइ थियो । अभिनेत्रीको कुरा सुनेपछि, नजिकै रहेका वाराणसी को–स्टार महेश बाबुले ठट्टा गर्दै ‘यसको अर्थ केहि भइरहेको छ, तपाईँले यो प्रमाणित गर्नुभयो ।’ भन्छन् । यसको जवाफमा अभिनेत्रीले आगामी समयमा धेरै उत्साहप्रद हुने बताउँछिन् ।
केही समय पहिले शाहरुख खान र प्रियंका चोपडा डन ३ मा केमियो भूमिकामा देखा पर्न सक्ने खबर आएका थिए । एक स्रोतले इन्डिया टुडेलाई बताएअनुसार फिल्ममा शाहरुखको भूमिकाबारे छलफल भइरहेको छ । फरहान अख्तरले आफैंले शाहरुखलाई कथा सुनाएको र आफू अति नै व्यस्त भएपनि शाहरुखले भूमिकामा सहमति जनाएको बताइएको छ । बलिउड हंगामाले पनि एउटा समाचारमा प्रियंका चोपडा डन फ्रान्चाइजीमा फर्कन सक्ने दाबी गरेको थियो ।
प्रियंका चोपडा यतिबेला महेश बाबुसँग वाराणसीमा व्यस्त छिन् । हालै फिल्मको पहिलो लुक रिलिज भएको थियो । यसमा महेश बाबु रुद्रको रूपमा साँढे चढेको देखाइएको छ । फिल्ममा प्रियंका र महेश बाबु बाहेक, पृथ्वीराज सुकुमारन पनि फिल्ममा महत्त्वपूर्ण भूमिकामा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण