प्रधानमन्त्री कार्कीसँगको भेटमा ओलीले उठाए निष्पक्ष निर्वाचन हुनेमा प्रश्न
सारांश
- केपी शर्मा ओलीले फागुन २१ को निर्वाचन निष्पक्ष हुनेमा शंका व्यक्त गरे।
- प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा ओलीले सुरक्षा चुनौतीबारे कुरा उठाए।
- प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सुरक्षा व्यवस्थाबारे जानकारी गराइन्।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाएका छन् ।
बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्रीको सुशीला कार्कीसँगको भेटमा ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत् रहेको बताएका हुन् ।
भेटमा प्रधानमन्त्री कार्कीले भने निर्वाचनका लागि बुधबारदेखि ८० हजार सेना खटिइसकेको बताउँदै अब सुरक्षामा कुनै कमीकमजोरी नहुने बताइन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रधानमन्त्री कार्की र ओलीबिच भेट भएको बताए । कुराकानीको विस्तृत विवरण भने आफूलाई जानकारी नरहेको रावलले रातोपाटीलाई बताए ।
प्रधानमन्त्रीलाई भेट्न ओलीसँग एमाले नेता विष्णु रिमाल पनि बालुवाटार पुगेका थिए ।
निकट स्रोतका अनुसार वर्तमान सरकारले गर्ने निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाएका ओलीले निर्वाचन सार्ने विषयमा प्रधानमन्त्री कार्कीले दिएको अभिव्यक्तिबारे पनि चासो राखेका थिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा हिमपात भएमा सर्न सक्ने बताएको र सर्छ नै नभनेको बताएकी थिइन् ।
कार्कीले मतदाता, उम्मेदवार र कर्मचारीको सुरक्षामा कुनै कसर नराखिने बताएकी थिइन् । बिहान साढे १० बजेदेखि करिब दुई घण्टा छलफल चलेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण