दक्षिण सुडानको अस्पतालमा आक्रमण
सुडान । डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले दक्षिण सुडानको जोङ्लेई राज्यमा दुई लाख भन्दा बढी मानिसहरूलाई स्वास्थ्य सेवा दिइरहेको एक अस्पतालमा हवाई आक्रमण भएको बताएको छ । “आक्रमणको क्रममा अस्पतालको मुख्य गोदाम नष्ट भएकाले चिकित्सा सेवा उपलब्ध गराउनका लागि अधिकांश सामाग्रीहरु गुमाएको एमएसएफले बताएको छ ।
दक्षिण सुडानको सशस्त्र बलको सरकार देशमा हवाई आक्रमण गर्ने क्षमता भएको एक मात्र सशस्त्र दल भएको सङ्गठनले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार दक्षिण सुडानमा महिनौँदेखि चलिरहेको द्वन्द्वले देशमा गृहयुद्धको पुनरुत्थानको डर बढाएको छ ।
इथियोपियाको सिमाना र देशको पूर्वमा अवस्थित जोङ्लेईमा ठुलो लडाइँ भएको छ, जहाँ सरकारी फौजले सुडान पिपुल्स लिबरेसन आर्मीका वफादार लडाकुहरूको आक्रमण रोक्न खोजिरहेका छन् ।
लन्किएनको अस्पतालमा भएको हवाई आक्रमणमा यसका एकजना स्टाफलाई सामान्य चोट लागेको संगठनले बताएको छ । सम्भावित आक्रमणको सूचना पाएपछि केही घन्टा अघि नै अस्पताल खाली गरी बिरामीहरूलाई डिस्चार्ज गरिएको जनाइएको छ ।
गत महिना दक्षिण सुडानको सेनाले संयुक्त राष्ट्रसङ्घीय मिसन र परोपकारी संस्थाहरूका नागरिक र कर्मचारीहरूलाई विपक्षी शक्तिहरू विरुद्धको कारबाही अघि जोङ्लेई राज्यका तिनवटा काउन्टीहरू खाली गर्न आदेश दिएको थियो ।
हालैको लडाइँका कारण जोङ्लेईमा कम्तीमा एक लाख ८० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघीय मिसनले जनाएको छ । सन् २०१३–२०१८ मा दक्षिण सुडानमा भएको गृहयुद्धमा करिब ४ लाख मानिसको ज्यान गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण