भाट–भटेनी सुपरमार्केटकाे कोटेश्वर स्टोर पुनः सञ्चालनमा
काठमाडौँ । भाट–भटेनी सुपरमार्केटको कोटेश्वर स्टोर पुन सञ्चालनमा आएको छ । गत भदौमा भएको जेनजी आन्दोलनमा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपर स्टोर पुनः सञ्चालनमा ल्याएको हो ।
बिहीबार १०ः०० बजेदेखि कोटेश्वरस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा आएको हो । सुपर स्टोर पुनः सञ्चालनले भाट–भटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ । जेनजी आन्दाेलनबाट क्षतिग्रस्त ११ स्टोरमध्ये पहिलो स्टोर सञ्चालनमा आएकाे हाे ।
भाट–भटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडलका अनुसार जेनजी आन्दोलनबाट प्रभावित भएपनि भाट–भटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूको सहयोग र विश्वासका कारण छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न सफल भएको बताए ।
कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै बाँकी स्टोरहरू पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने उनले जानकारी दिए । भाट–भटेनी सुपरमार्केटले कठिन समयमा साथ, सहयोग र धैर्यताका लागि सम्पूर्ण ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।
भविष्यमा पनि भाट–भटेनी सुपरमार्केटले गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै निरन्तर सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण