रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?
सारांश
- पुष्पकमल दाहाल प्रचण्डले रास्वपाप्रति आक्रामक अभिव्यक्ति दिँदै कुनै पनि पक्षसँग तालमेल नगर्ने बताए।
- प्रचण्डले एमाले र रास्वपालाई पश्चगामी र पपुलिस्ट पार्टीको संज्ञा दिए, सहकार्य नगर्ने स्पष्ट पारे।
- उनले नेकपा नै विचार र मुद्दाको हिसाबले नयाँ भएको जिकिर गर्दै गणतन्त्र र संघीयताको महत्त्वबारे प्रकाश पारे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी(राप्रपा)प्रति आक्रामक अभिव्यक्ति दिन थालेका छन् ।
बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्वाचन परिचालन समितिको बैठकमा वर्तमान राजनीतिमा दुई खाले अतिवाद रहेको निष्कर्ष निकाल्दै निर्वाचनमा कुनै पक्षसँग पनि तालमेल नगर्ने बताएका थिए ।
प्रचण्डले एमाले पश्चगामी र रास्वपा पपुलिस्ट पार्टी भएकाले यी दुवै प्रवृत्तिसँग सहकार्य नगर्ने स्पष्ट पारेका थिए । शुक्रबार सल्यान–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै उनले विचार र मुद्दाको हिसाबले नेकपा नै नयाँ भएको जिकिर गरे ।
‘नयाँ र पुरानाको कुरा गरिरहेका छन्, के हो नयाँ ? के हो पुरानो ? आजको सबैभन्दा नयाँ भनेको गणतन्त्र हो, सङ्घीयता हो । सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो । आदिवासी जनजाति, सबै उत्पीडित क्षेत्र, मुस्लिम, थारु, मधेसी सबैलाई अधिकार दिलाएको नेकपाले हो’, उनले भने, ‘म नयाँ भन्ने सबैलाई चुनौती दिन चाहन्छु । के हो तपाईँहरूले ल्याएको नयाँ मुद्दा ? गणतन्त्रभन्दा नयाँ केही छ ? नयाँ आन्दोलन र मुद्दा भनेर तपाईँहरूले जे भनिरहनुभएको छ, त्यो नयाँ होइन । उदार पूँजीवाद र दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?’
कार्यक्रममा उनले विचार र मुद्दाको हिसाबले नेकपा नै नयाँ भएको जिकिर गरे । प्रचण्डले गणतन्त्र, सङ्घीयता र उत्पीडित समुदायलाई अधिकार र पहिचान दिनेभन्दा नेपालमा अरू केही पनि नभएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण