टुँडिखेल र तीनकुनेमा टी–२० विश्वकपको प्रत्यक्ष प्रसारण देखाइने, साङ्गीतिक प्रस्तुति समेत रहने
काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ नजिकिँदै गर्दा काठमाडौँका क्रिकेटप्रेमीहरूका लागि खुसीको खबर आएको छ। कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा नेपालले खेल्ने विश्वकपका खेलहरू टुँडिखेल र तीनकुनेमा ठुलो स्क्रिनमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको हो।
’क्रिकेट फिएस्टा’ नाम दिइएको यो विशेष उत्सवले प्रत्यक्ष खेलको रोमाञ्चकतासँगै दर्शकलाई साङ्गीतिक र मनोरञ्जनात्मक माहौलमा समेट्नेछ। काठमाडौँको मुटुमा रहेका यी दुई स्थानमा फेब्रुअरी ८ र १२ मा नेपालका खेलहरूको स्क्रिनिङ हुनेछ। कार्यक्रम स्थलको गेट दिउँसो १ बजेदेखि नै खुल्नेछ भने दिउँसो ३ बजेबाट खेलको प्रत्यक्ष प्रसारण सुरु हुनेछ।
खेल सुरु हुनुअघि दर्शकलाई थप उत्साहित बनाउन लोकप्रिय गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको प्रत्यक्ष साङ्गीतिक प्रस्तुति समेत रहनेछ। खेलको प्रत्यक्ष प्रसारणसँगै विभिन्न अन्तरक्रियात्मक ब्रान्ड गतिविधि र रमाइला खेलहरूमा सहभागी भएर दर्शकले उत्सवको पूर्ण आनन्द लिन सक्नेछन्।
सबैका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रममा विशेष अनुभव लिन चाहनेहरूका लागि कोका–कोलाले भिआईपी जोनको पास जित्ने मौका समेत दिएको छ । इच्छुक क्रिकेटप्रेमीले कोका–कोला नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत विभिन्न प्रतियोगितामा सहभागी भई यो विशेष पास प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण