कविता : सुन्दरता
म सुन्दरी हैन
ढुङ्गाको सपना पनि हैन
तिमीले देखेको सुन्दरता त समय मात्र हो ।
मानिसका विषालु अनुभूतिहरूले
अब स्वीकार गर
आकाशका ताराहरू गन्न छोड -
गन्न खोजेको पनि छैन मैले समयलाई
मलाई त समयको अङ्क नै मन पर्दैन
यो त अस्थिपञ्जरको अवशेषजस्तो लाग्छ
खराब क्षणहरू आउँछन् समयमा
मेरो शरीरलाई सिकाउन
अनुशासनमा राख्न
केही त नियन्त्रणमा राख्न लक्ष्मण रेखा पनि बन्छन् ।
सानो र गलत सूचनाको पारदर्शी क्षणलाई
आफैँभित्र थुनेर मानिस स्वतन्त्र किन बन्छ ?
कुनै कालो आकृतिको पछिल्लो छायासहित
मेरी आमाले यस्तै कुरा
ठुलो मेसिनमा गरेकी भए
समाजले उनलाई के भन्थ्यो होला ?
खराब र झन् खराब ।
संसारमै बमबारी भइरहेका छन्
एक डरलाग्दो मृत्यु छ जताततै
हिमाल पग्लेर कालो बनेको देख्दा
कसलाई सुन्दरता मान्नु अब
भाग्य भोलि मसानघाटमा जाँदै छ
म समयलाई पढिरहेको छु
म सम्झन्छु
अनुमान गर्न पाउनुको विलास
सबै रहस्यका पुराना परम्पराहरू
समयको अधीनमा हुँदा
आफैँतिर फर्किएका समय थिए
आज बिहान मैले एउटा सान्त्वना देखेँ
मानिसको मन ढुङ्गा बनेको देख्दा
कठोर ढुङ्गा ।
त्यो बेला मसँग
आफ्नो कल्पना थिएन
समयको थियो
समयको स्त्रीत्व र पुरुषत्त्व महसुस गर्ने
सबैभन्दा नीरस तरिका
म आतङ्कित थिएँ सडकमा
जलिरहेको समयलाई हेरेर
हतास थिएँ -
उसको शय्याको शरीर
निहाल्दै
उसका सुन्दर गाला र चिउँडो
र लामो, चिल्लो पेट
समयको मौनता
पुरानो पातझैँ ओइलाउँदै
अझै पनि मलाई
बिरामी बनाइरहेको
समयको अङ्क गणित मन पर्दैन
म गलत कुराको चाहना गर्थें भने
म मृत्युलाई चाहन्थें
र, मैले ढुङ्गाको मृत्युको सपना देखेँ
शय्यामा जलिरहेको सुन्दर हातले लेखेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण