बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यसपटक जनताले मत परिवर्तन गर्छन्ः  नन्दकिशोर बस्नेत

शनिबार, २४ माघ २०८२, १२ : २६
शनिबार, २४ माघ २०८२

आफ्नै पूर्व सहकर्मीसँग रास्वपाबाट चुनाव लड्दै हुनुहुन्छ, कस्तो छ प्रतिक्रिया ?

चुनावी माहौल एकदम ठिक छ । नारायण बाहेकका अरू सबै पालिकाहरूमा एक चरण अभियान सकें । त्यस क्रममा ‘म घण्टीको उम्मेदवार हुँ’ नभनी भोट माग्न जाँदा पनि जनताले ‘हामी घण्टीमा दिन्छौँ, घण्टीको मान्छे आयो भने भन्नुहोला’ भनेर भने । त्यसपछि म नै हो घण्टीको उम्मेदवार भन्छु । 

अहिले मतदाताले घण्टीको उम्मेदवार हेर्न चाहिरहेका छन् । यो पटक भोट बदल्नुपर्छ भनिरहेका छन् । विशेषगरी विदेश वा सहरतिर भएकाहरूले घरमा फोन गरेर घण्टीको उम्मेदवारसँग फोटो खिचाएर मलाई पठाउनु भनिरहनुभएको पाइयो । सकारात्मक छ ।

रास्वपा सहरी जनमतबाट उदाएको पार्टी हो, दैलेख जस्तो ग्रामीण भेगमा प्रतिस्पर्धा मै आउन कठिन छ भन्छन् नि ?

कर्णालीको हकमा जति पनि वैदेशिक रोजगार वा सहरतिर एक न एक हुनुहुन्छ, उहाँहरूले घरमा फोन गरेर यो पटक घण्टीमा दिन भनिरहनु भएको छ । त्यसो हुँदा गाउँको माहोल सहरजस्तै छ । गाउँका मान्छेहरू पनि अहिले परिवर्तन चाहन्छन् । अर्को हाम्रा अन्य दुई नेताहरू अम्मर र रवीन्द्रजी पटक–पटक परीक्षण भइसकेका मान्छे हुँदा हाम्रो माहोल राम्रो छ ।

तपाईँलाई चाहिँ मत किन दिने त ?

अहिले मुलुक यथास्थितिमा बस्ने कि परिवर्तनमा जाने भन्ने चरणमा छ । म परिवर्तनको पक्षमा उभिएको छु । म ५ वर्षदेखि दैलेखमा सामाजिक अभियानमा सक्रिय छु । म नयाँ र निष्कलङ्क मान्छे हो, त्यसैले जनताले मलाई रोज्छन् भन्ने आशामा छु ।

तपाईँ उम्मेदवारमा एमालेबाट सिफारिस भएको मान्छे बिचैमा रास्वपा जानुभयो, अवसरवादी पनि भन्छन् नि ?

मैले एमालेको कुनै सांसद पद वा लाभको पद छोडेको होइन । म एमालेमा साधारण सदस्य मात्रै थिएँ । अहिले एमाले र कांग्रेसभित्रकै साथीहरूले पनि भोट चेन्ज गर्छौँ भनिरहनुभएको छ । नयाँ पार्टीमा त नयाँ नै मान्छे आउने हो । मलाई जनताले स्वीकार गर्छन् ।

संगठन नै बलियो नभएको पार्टीले दैलेख जस्तो ठाउँमा चुनाव जित्ने परिकल्पना गर्नु भएको छ ? 

हामी कुनै पनि हालतमा जित्छौँ । अहिलेको मेरो आकलन अनुसार साढे १२ हजार मत ल्याएर म जित्छु । दोस्रोमा कांग्रेस हुन सक्छ र तेस्रो–चौथोमा एमाले र माओवादी हुन सक्छन् । कांग्रेसको उम्मेदवार पनि फ्रेस हुनुहुन्छ ।

परिवर्तनको लागि म उभिएको छु । विकासका लागि मात्र होइन, संविधानका केही कुराहरू परिवर्तन नगरेसम्म नेपालको विकास सम्भव छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप