माइतीघरमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठनको प्रदर्शन
सारांश
- विगेसोले सर्वोच्चको आदेश कार्यान्वयन नगरेको भन्दै माइतीघरमा प्रदर्शन गरेको छ।
- सर्वोच्च अदालतको नेपालीलाई अन्य देशको सेना बनाउन रोक्ने आदेश कार्यान्वयन नभएकोमा विरोध जनाए।
- प्रदर्शनकारीहरूले मानवअधिकार र गोर्खाको पहिचानको विषयमा प्लेकार्ड प्रदर्शन गरे।
काठमाडौँ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठन (विगेसो)ले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सर्वोच्च अदालतले गरेको निर्देशनात्मक आदेशलाई सरकारले ३ वर्षसम्म पनि कार्यान्वयन नगरेको भन्दै सङ्गठनले शनिवार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो ।
उनीहरुले सर्वोच्च अदालतले नेपालीहरूलाई अन्य देशका सेना बनाउन रोक्न दिएको सकारात्मक फैसलालाई सरकारले कार्यान्वयन नगरेकोले विरोध गरिएको जनाएका छन् । सङ्गठनका अध्यक्ष पदमसुन्दर लिम्बुले २०७९ माघ २४ गते सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको दिनलाई सङ्गठनले सकारात्मक रूपमा लिएकाले उक्त आदेशलाई कार्यान्वयन गर्न प्रदर्शन गरिएको बताए ।
प्रदर्शनमा सहभागीहरूले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू मानवअधिकारप्रति जिम्मेवार बन, सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर, गोर्खाको पहिचान बेचेर खान पाइँदैन लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण