देशलाई रुपान्तरण गर्नका लागि भएपनि कांग्रेसमा मतदान गर्नुस् : महामन्त्री पाैडेल
काठमाडाैँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशलाई रूपान्तरण गर्नका लागि भएपनि कांग्रेसमा मतदान गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौंको क्षेत्र नम्बर ५ मा आयोजित चुनावी सभामा बोल्दै पौडेलले जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गर्दै देशलाई रूपान्तरण गर्न काँग्रेसमा मतदान गर्न आग्रह गरेका हुन्।
उनले भने, ‘म कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु –तपाईंले भनेजस्तो कांग्रेस बनेको छ । तपाईंले कांग्रेसमा जस्तो रुपान्तरण खोज्नुभएको छ । कांग्रेसमा त्यो रूपान्तरण भएको छ । अब रूपान्तरित कांग्रेसले देशको रूपान्तरण गर्न चाहन्छ । त्यसको निम्ति मत दिएर बल र तागत प्रदान गर्नुस् ।'
महामन्त्री पौडेलले नेपाली कांग्रेसमा परिपक्व युवा पुस्ता नेतृत्वमा आएकाले देशको परिवर्तन सम्भव हुने जिकिर पनि गरे। 'राजनीतिमा परिपक्वता भएन, आवेग मात्रै भयो भने देश सही बाटोतिर जान सक्दैन । निर्णय सही ढङ्गबाट हुन सक्दैन । खासगरी अहिले कांग्रेसको नेतृत्व गरिरहेको हामीहरू पनि पछिल्लो पुस्ताकै हौँ तुलनात्मक हिसाबबाट। हावी के दाबी गर्छौं भने नेपालमा परिवर्तन गर्ने नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने आन्दोलनमा केटाकेटीदेखि नै लागेका मान्छे हौँ ,'उनले भने।'
नेपाली कांग्रेसकाे तर्फबाट काठमाडाैँ क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले पार्टीका नेता, कार्यकर्ताहरूलाई पनि देशको रूपान्तरणका लागि कांग्रेसको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न निर्देशन पनि दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण