तनहुँमा दुई हजार ६२५ किशोरीलाई एचपिभी खोप
सारांश
- तनहुँमा २,६२५ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ।
- खोप अभियान माघ २९ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुनेछ।
- गत वर्ष १४,१३५ किशोरीलाई खोप लगाइएको थियो र यो खोप प्रारम्भिक उमेरमा प्रभावकारी हुन्छ।
तनहुँ । जिल्लामा दुई हजार ६२५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले यही माघ २९ गतेदेखि आगामी फागुन ५ गतेसम्म किशोरीलाई एचपिभी खोप लगाउन लागेको हो ।
हाल विद्यालय जाने कक्षा ६ का छात्रा, गत आर्थिक वर्षमा छुट भएका, हाल कक्षा ७ देखि १० मा अध्ययन गर्दै गरेका छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरी, गत आवमा छुट भएका विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीलाई उक्त खोप लगाउन लागिएको कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए ।
गत वर्ष जिल्लाका १४ हजार १३५ किशोरीलाई उक्त खोप लगाइएको थियो । हरेक विद्यालयमा केन्द्र सञ्चालन गरी किशोरीलाई एचपिभी खोप लगाइने कँडेलले बताए । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने अनुमान गरिएको छ ।
महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने कँडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण