शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
साप्ताहिक राशिफल

यी राशिहरूका लागि शुभ रहनेछ यो साता, हेर्नुहोस् साप्ताहिक राशिफल

आइतबार, २५ माघ २०८२, ०४ : ०९
आइतबार, २५ माघ २०८२

सारांश

  • साप्ताहिक राशिफल अनुसार मेष राशिका व्यक्तिले बिलासी वस्तुबाट आम्दानी गर्नेछन्, र माया प्रेममा नजिक हुनेछन्।
  • वृष राशिका लागि प्रतिस्पर्धामा सफलता मिल्नेछ, तर सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु पर्नेछ।
  • मिथुन राशिका लागि साता राम्रो रहनेछ, जसले बौद्धिकताको प्रयोगबाट लाभ लिन सक्नेछन् र प्रतिस्पर्धामा जित हासिल गर्नेछन्।

माघ २५ गते आइतबारदेखी फाल्गुन २ गते शनिबारसम्मको साप्ताहिक राशिफल ।

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साताको सुरु र अन्तको समय राम्रो रहेकोले फेन्सी तथा बिलासी वस्तुको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । एकल तथा साझेदारी व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । शेयर बजार तथा औद्योगिक क्षेत्रमा गरिले लगानीबाट नाफा कमाउन सकिनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । साथिसंगी तथा नजिकका आफन्तबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नी बिच विश्वासको वातावरण बढेर जानेछ । पढाइ लेखाइमा मन जाने तथा अरूलाई पछि पार्दै नतिजा आफूतिर ल्याउन सकिनेछ । मन्दिर तथा धार्मिक प्रतिष्ठान तिरको यात्राको तय हुनेछ ।  राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । मंगलबार र बुधबार आफन्त तथा चेली माइती बिच बैमानस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । व्यावसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरु दिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ । बिहीबार साँझबाट  अनावश्यक विषयमा विवादमा फस्ने योग रहेको छ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आई दैनिक कामहरू प्रभावित हुने हुनाले आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ ।
  • मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साताको समय राम्रो रहेकोले बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । वित्तीय क्षेत्र, शेयर बजार तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ । प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।
  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आइतबार र सोमबारको समय मध्यम रहेकोले विरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । अनावश्यक टिका टिप्पणीमा समय व्यातित हुनेछ । आहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । मंगलबारबाट बौद्धिक व्यक्तित्वहरू सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । न्यायिक निर्णय तपाईँ आफ्नै पक्षमा फैसला हुनेछ । अध्ययन वा नोकरी हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  साताको सुरु र अन्तको समय राम्रो रहेकोले व्यापार, शेयर बजार तथा उद्योगमा थोरै समय दिए पनि मनग्गे आम्दानी गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । विवादित विषयहरू हल भएर जानेछन् भने न्यायिक निर्णय तपाईँकै पक्षमा आउनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरूभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ । मन परेको मानिससँग छोटो तथा रमाइलो यात्राको तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । वंश वृद्धिको गतिलो योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बुधबार र  बिहीबारको समय मध्यम रहेकोले घर परिवार तथा आफन्तका बिच देखिने तिक्तता हल गर्दै राम्रा काम गर्न सकिनेछ । बिलासी तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाइलो गर्न खोज्दा शुभचिन्तकहरू रिसाउनेछन् । हतारमा गरिने निर्णय घातक हुनेछ ।
  • कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न सकिने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक तथा राजनीतिक सम्बन्धहरू सुदृढ भएर जानेछन् । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । बिहीबार साँझबाट स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाइ लेखाइमा विभिन्न कारणले समय दिन सकिने छैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । अनलाइन व्यापार,  टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ । निर्माण सामाग्री, गरगहना तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ भने रमाइलो स्थानको यात्रा गर्ने अवसर जुर्नेछ । मनोरञ्जन तथा पारिवारिक यात्रामा समय खर्च हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुनेछ । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आइतबार र सोमबारको समय मध्यम रहेकोले खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । मंगलबारबाट समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने तथा शेयर बजारमा नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साताको सुरु र अन्तको  समय राम्रो रहेकोले पैतृक धन तथा सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । पढाइ लेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले महत्त्वाकाङ्क्षी तथा ठुला योजनाहरू तत्काल सुरु नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा आउने समस्याका कारण काम गर्न असजिलो हुनेछ । अनावश्यक काम तथा यात्रा नगर्नु नै राम्रो रहेको छ, नराम्रा घट्नाहरु हुन सक्छन् । नियम तोडेर कुनै पनि काम नगर्नुहोला सजाए भोग्नु पर्नेछ ।
  • मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजसेवा तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । वित्तीय बजार तथा औद्योगिक क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । बिहीबार साँझबाट समय मध्यम रहेकोले अनावश्यक साइनो गाँस्ने तथा बचन दिनेहरूबाट सजक रहनुहोला । सरकारी तथा प्रशासनिक काम गर्दा ध्यान दिनुहोला । सेवा प्रवाह गर्नेहरूले समयमा काम नगर्दिनाले महत्त्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्नेछ । आमा बुवा तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) साताको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईँको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न  सकिनेछ  । प्रेमिका तथा साथीभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगति गर्न सकिनेछ । नयाँ कामको प्रस्ताव आउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ । सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा जनतासँगै रहेर जनताको समस्या बुझ्न पाउँदा मन प्रसन्न हुनेछ । यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यातित हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सोमबारसम्मको समय मध्यम रहेकोले व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुनेछ । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला । मंगलबारबाट अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाइमा मन जानेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको छ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ । राजनीतिक यात्रा, बैठक, भेटघाट तथा प्रचारमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप