तीन तहका सरकारले समन्वय र सहकार्य आधारमा कार्य गर्नुपर्छ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान व्यवस्था गरेअनुसार तीन तहका सरकारले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा काम गर्नुपर्ने बताएका छन् ।
विराटनगरमा आइतबार आयोजित प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले स्थानीय तह र प्रदेशबाट ९९ प्रतिशत काम सकेर सङ्घीय सरकारमा पठाउँदा पनि कतिपय विषय अगाडि नबढेको बताए।
मुख्यमन्त्री कार्कीले भने, “समन्वय सहकार्य र सहअस्तित्वको आधारमा तीनै तहका सरकार सञ्चालन हुने संविधानले व्यवस्था गरे पनि सोअनुसार भइरहेको छैन । यसले प्रदेश सरकारले राम्रोसँग काम गर्न सकेको छैन ।”
मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका समस्या प्रदेशमै समस्या समाधान गर्नुपर्ने र सङ्घको समन्वयमा गर्नुपर्ने काम सङ्घसँगको सहकार्यमा गर्नपर्नेमा जोड दिए। बैठकमा कोशी प्रदेशको सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता निर्देशिकाले काम गर्न अप्ठ्यारो भएको विषयमा पनि छलफल भएको थियो ।
राजस्व सङ्कलन र राजस्व दायरालाई बढाउने, कानुन, कार्यविधि निर्माण गर्ने, समपूरक बजेटबाट आउने आयोजनालाई व्यवस्थित रूपले सञ्चालन गर्नुपर्ने र बेरुजु घटाउनेलगायत विषयमा पनि छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले जानकारी दिए।
बहुवर्षीय आयोजनाहरूको दायित्व र यसले भविष्यमा पार्ने विषयका साथै सानासाना आयोजना कार्यान्वयनमा देखापरेका समस्या, प्रदेश सरकार मातहत रहेको यातायातको अधिकार खुम्च्याउने र कृषि आयकरलगायत प्रदेशका क्षेत्राधिकारमा केन्द्र सरकारले ध्यान नदिएको विषयमा भए पनि कुरा भएको उनले बताए।
बैठकले हाल देखिएका समस्यालाई फागुनभित्रै समाधान गर्ने गरी अगाडि बढाउन आवश्यक तयारी गर्ने निर्णय गरेको छ । बैठकका विषयलाई सङ्घ सरकारसँग समन्वय गर्ने र प्रदेशले गर्नुपर्ने काम पनि तत्कालै गर्ने निर्णग गरिएको प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण