स्पेनमा रहेका नेपालीलाई राहदानी संकट, यथाशीघ्र पहलको माग
सारांश
- स्पेन सरकारले आप्रवासीहरूलाई रोजगारीको अवसर दिने निर्णय गरेपछि नेपालीहरू उत्साहित भएका छन्।
- नयाँ राहदानी अनिवार्य गरिएपछि नेपाली आप्रवासीहरू समस्यामा परेका छन् किनभने उनीहरूले प्रहरी रिपोर्ट पेश गर्नुपर्ने छ।
- नेपाल सरकारलाई यथाशीघ्र पहल गर्न र राहदानीको व्यवस्था गर्न माग गर्दै विज्ञप्ति जारी गरिएको छ।
काठमाडौँ । स्पेन सरकारले करिब २२ वर्षपछि एकैपटक झन्डै पाँच लाख आप्रवासीलाई अस्थायी बसोबास अनुमति (टिआरसी) तथा रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेपछि स्पेनमा बसोबास गर्दै आएका हजारौँ नेपाली उत्साहित भएका छन् । तर सो अवसरका लागि आवश्यक कागजातका रूपमा नयाँ राहदानी अनिवार्य गरिएपछि नेपाली आप्रवासी गम्भीर समस्यामा परेका छन् ।
स्पेनमा बसोबास गर्दै आएका रजिन्द्र बस्नेतले जारी गरेको सार्वजनिक विज्ञप्तिमा नेपाल सरकारसँग यथाशीघ्र पहलको माग गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी जुन देशमार्फत स्पेन आएका हौँ, त्यही देशको प्रहरी रिपोर्ट पेस गर्नुपर्ने व्यवस्था छ । तर उक्त रिपोर्ट झिकाउन असमर्थ भएकाले हामीलाई नयाँ राहदानी अत्यावश्यक भएको छ ।’
बस्नेतका अनुसार भारत, पाकिस्तान र बङ्गलादेशले आफ्ना नागरिकका लागि स्पेनका विभिन्न सहरहरूमा घुम्ती शिविर सञ्चालन गरी नयाँ राहदानी उपलब्ध गराइसकेका छन् । तर नेपाली नागरिक भने त्यस्तो सुविधा नपाउँदा अन्योलमा परेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘बरु हाम्रो कागज बनेर रोजगारी पाएपछि पहिलो महिनाको तलब नेपाल सरकारलाई दान दिनेछौँ, अर्को महिना ऋण गरेर वा गुरुद्वारामा प्रसादी खाएर बाँच्न तयार छौँ, तर हामीलाई नयाँ राहदानी देऊ।’
विज्ञप्तिअनुसार सन् २०२६ अप्रिल १ भित्र नयाँ राहदानी नपाए नेपालीहरू यो अवसरबाट पूर्ण रूपमा वञ्चित हुने जोखिम छ । यही सन्दर्भमा पत्रकार महासङ्घ धनकुटामार्फत नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग, स्पेनस्थित नेपाली दूतावास, एनआरएनए नेपाली समाज तथा विभिन्न संघसंस्थाको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
समस्याको समाधानका लागि आवश्यक थप कर्मचारीसहितको टोली स्पेन पठाउन वा कूटनीतिक पहलमार्फत नेपालको प्रहरी रिपोर्टलाई नै पर्याप्त मान्य हुने व्यवस्था मिलाउन नेपाली दूतावासलाई निर्देशन दिन आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण