सार्वजनिक सेवा प्रवाहमा सुधार नहुँदा असन्तोष बढेको हो : उपाध्यक्ष श्रेष्ठ
काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.प्रकाशकुमार श्रेष्ठले सार्वजनिक सेवा प्रवाहमा तत्काल सुधार आवश्यक रहेको बताउँदै दैनिक जनजीवनसँग जोडिएका आधारभूत सेवाहरूमा देखिएको समस्या सम्बोधन गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिएका छन् । उनले ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्र जस्ता सेवामा लामो लाइन, झन्झटिलो प्रक्रिया र व्यवस्थापनको अभावका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको बताएका हुन् ।
उनका अनुसार सरकारले ठूला–ठूला कुरा गर्ने भन्दा पनि सामान्य सार्वजनिक सेवामा सुधारमा जोड दिनुपर्छ । सार्वजनिक सेवा सुधारमा विगतदेखि नै सरकारहरुले ध्यान दिन नसक्दा जनतामा असन्तोष बढाइरहेको उनको भनाइ छ ।
श्रेष्ठले व्यवसाय क्षेत्रतर्फ संकेत गर्दै राजनीति र व्यवसायबिचको अत्यधिक घनिष्ठ सम्बन्धले नकारात्मक सन्देश फैलिरहेको समेत बताए । उनले राजनीतिक लबिङ र प्रभावका आधारमा व्यवसाय चलाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
उपाध्यक्ष श्रेष्ठले भने– ‘सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नुपर्नेछ । ठूला ठूला कुरा आउने गरेका छन्, ती पूरा पनि गर्नुपर्ला तर सामान्य सार्वजनिक सेवा प्रवाह सुधार गर्न नसकिरहेको अवस्था छ । जस्तै ड्राइभिङ लाइसेन्स, पासपोर्ट, राष्ट्रिय परिचयपत्रमा हेर्ने हो भने त्यहाँ लाइन हुने गरेको छ । सरकारको त्यहाँ ध्यान पुग्न सकेको छैन । कतिपय कानुनी उल्झनहरुका कारणले पनि सरकारले काम गर्न नसकेको देखिन्छ । जसले गर्दा सार्वजनिक सेवा प्रवाह सहज नहुँदा जनतामा असन्तोष सिर्जना भइरहेको छ ।’
उनले थप भने, ‘व्यवसायी र राजनीति धेरै कनेक्सन हुँदा त्यसले नकारात्मक सन्देश समेत प्रवाह भइरहेको छ । हामीले व्यवसायमा नविनता सिर्जना गर्न सकिरहेका छैनौँ । बढी राजनीतिक लर्बिङमार्फत व्यवसाय गर्दा मानिसमा असन्तोष चुलिएको हो । व्यवसायीहरु प्रोफेसनालिजम हुन र नवप्रर्वतनमा ध्यान दिन जरुरी छ ।’
उनले भदौ २३ र २४ बाट पाठ सिकेर संचार क्षेत्र पनि धेरै जिम्मेवार हुन जरुरी रहेको बताए । श्रेष्ठकाअनुसार अहिले धेरै असन्तोष आउनेमा संचारमाध्यम पनि जिम्मेवार छन् । नेपालमा केही नभएको जस्तो भाष्य संचारमध्यमले गराइरहेको श्रेष्ठको भनाइ छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण