बैतडीको सिगासमा एक पुरुष मृत फेला
सोमबार, २६ माघ २०८२, १४ : ०६
बैतडी । बैतडीको सिगासमा एक पुरुष मृत फेला परेका छन् । सिगास गाउँपालिका–१ दुदीलाखानका ३५ वर्षीय खडकबहादुर विष्ट आज बिहान १० बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
आइतबार राति ९ बजेतिर घरबाट बजार जान्छु भनी निस्केका विष्ट घरबाट करिब १०० मिटर टाढा गोरेटो बाटोको छेउमा मृत अवस्थामा फेला परेको उनले बताए ।
विष्टको शव फेला परेको विषयमा प्रहरीलाई जानकारी आएपछि इलाका प्रहरी कार्यालय पाटनबाट घटनास्थलतर्फ प्रहरी टोली गएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण