उजय शाक्यको नयाँ पुस्तक ‘Brandsutra 2.0’ बजारमा
सारांश
- उजय शाक्यको पुस्तक 'Brandsutra 2.0' नेपाली बजारमा सार्वजनिक भएको छ, जसले मार्केटिङ र ब्रान्ड निर्माणबारे प्रकाश पार्छ।
- पुस्तकले ब्रान्ड कसरी बढ्छ, सान्दर्भिक रहन्छ र असफल हुन्छ भन्ने विषयलाई व्यावहारिक ढंगले प्रस्तुत गरेको छ।
- यो पुस्तक युवा मार्केटिङ प्रोफेसनल, विद्यार्थी, उद्यमी र व्यवसायीहरूका लागि उपयोगी हुने बताइएको छ।
काठमाडौँ। अनुभवी ब्रान्ड मार्केटिङ प्रोफेसनल उजय शाक्यको नयाँ पुस्तक ‘Brandsutra 2.0’ नेपाली बजारमा सार्वजनिक भएको छ । पुस्तकले मार्केटिङ र ब्रान्ड निर्माणसम्बन्धी व्यावहारिक अनुभवमा आधारित छ, जसले नेपाल तथा दक्षिण एसियाली बजारको वास्तविकता उजागर गर्छ ।
आउटरिच नेपालका संस्थापक समेत रहेका शाक्यले पुस्तकमा ब्रान्ड कसरी बढ्छ, कसरी सान्दर्भिक रहन्छ र कहिलेकाहीँ किन असफल हुन्छ भन्ने विषयलाई सरल र व्यवहारिक ढंगले प्रस्तुत गरेका छन् । उनका अनुसार, ब्रान्ड निर्माण छोटो बाटो नभई दीर्घकालीन सोच, सांस्कृतिक सन्दर्भको बुझाइ र जिम्मेवार अभ्यासमा आधारित हुनुपर्छ। पुस्तकले ‘ब्रान्ड संरक्षण’को अवधारणामा विशेष जोड दिन्छ ।
पुस्तकका सम्पादक प्रो. उज्ज्वल के. चौधरी हुन्, जो दक्षिण एसियामा शिक्षा र सञ्चार क्षेत्रमा अनुभवी व्यक्तित्वका रूपमा परिचित छन् ।
पुस्तकले मुख्यतः युवा मार्केटिङ प्रोफेसनल, विद्यार्थी, उद्यमी, व्यवसायी तथा ब्रान्ड लिडरहरूका लागि उपयोगी मानिएको छ। यसले रणनीतिभन्दा अघि दृष्टिकोणलाई महत्त्व दिँदै पोजिसनिङ, सान्दर्भिकता, विश्वास, सृजनशीलता र दीर्घकालीन ब्रान्ड निर्माणबारे स्पष्ट सोच विकास गर्न सहयोग गर्ने शाक्यले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण