सैन्य सहकार्यका लागि सोमालिया र साउदी अरबले गरे सम्झौता
रियाद । सोमालियाले साउदी अरेबियासँग सैन्य सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । कतारसँग यस्तै रक्षा सम्झौता गरेको केही हप्तापछि क्षेत्रीय समर्थन बलियो बनाउने उद्देश्यले रियादसँग नयाँ समझदारी गरेको हो ।
सोमबार साउदी राजधानी रियादमा सोमालियाका रक्षा मन्त्री अहमद मोअल्लिम फिकी र साउदी समकक्षी राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजिजबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
यो सम्झौताले दुई देशबिचको रक्षा तथा सैन्य सहकार्यको ढाँचा मजबुत बनाउने र दुवै पक्षका रणनीतिक हितलाई अघि बढाउने सोमालियाको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ । राजकुमार खालिदले पनि सामाजिक सञ्जाल एक्समार्फत सम्झौता पुष्टि गरेका छन् । तर यसको थप विवरण दिइएको छैन ।
यसअघि गत महिना सोमालियाले कतारसँग पनि रक्षा सम्झौता गरेको थियो । यसमा सैन्य तालिम, अनुभव आदान–प्रदान, रक्षा क्षमता विकास र सुरक्षा सहकार्य विस्तार समेटिएको थियो । सोमालियाको यो कूटनीतिक पहल अफ्रिकाको ‘हर्न अफ अफ्रिका’ क्षेत्रमा बढ्दो तनावका बिच आएको हो ।
गत डिसेम्बरमा इजरायलले आफूबाट अलग्गिएको सोमालिल्यान्डलाई आधिकारिक रूपमा मान्यता दिएपछि सोमालियाले असन्तुष्टि जनाउँदै आएको छ । सोमालियाले इजरायलले सोमालिल्यान्डमा सैन्य आधार बनाउने योजना बनाइरहेको चेतावनी समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण