सुपर ८ पुग्ने नेदरल्याण्ड्सको आशा जीवितै
सारांश
- टी-२० विश्वकपमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले पराजित गर्यो।
- नेदरल्याण्ड्सले सुपर ८ मा पुग्ने आशा जीवितै राखेको छ, बास डे लिडेले ७२ रन बनाए।
- नामिबियाले दिएको १५७ रनको लक्ष्य नेदरल्याण्ड्सले ३ विकेट गुमाएर १२ बल अगावै पूरा गर्यो।
नयाँ दिल्ली । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबिलयालाई ७ विकेटले हराएको छ । नामिबियाले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य नेदरल्याण्ड्सले १२ बल अगावै मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।
योसँगै टोलीले सुपर ८ मा पुग्ने आशा जीवितै राखेको छ । पहिलो खेलमा टोली पाकिस्तानसँग पराजित भएको थियो ।
टोलीको जितमा बास डे लिडे नायक बने उनले मात्र ४८ बलमा ७२ रनको शानदार पारी खेले । उनले ५ चौका र ४ छक्का हिर्काए । त्यस्तै, कोलिन एकर म्यानले ३२ रनको योगदान दिए । उनले १ छक्का हिर्काए ।
माइकल लेभिटले २८ तथा कप्तान स्कट एडवर्डसले १८ रन जोडे । नामिबियाका लागि बनार्ड स्कोल्ट्स, रुबेन ट्रम्पलम्यान र जान निकोल लफ्टी इटनले १–१ विकेट हात पारे ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ५८ रन बनाएको थियो ।
टोलीका लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३८ बलको सामना गर्दै १ चौका र २ छक्का प्रहार गरे ।
उनलाई ओपनर जान फ्राइलिंकले २६ बलमा ३० रन बनाउँदै साथ दिए । दुवैले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे ।
त्यसैगरी, जोनाथ स्मिटले १५ बलमा १ चौका र २ छक्काको मद्दतले २२ रन जोडे । कप्तान जेरहार्ड इरास्मसले १८ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे ।
नेदरल्याण्ड्सका लागि लोगन भान विक र बाल डे लिडेले २–२ विकेट हात पारे । आर्यन दत्त र फ्रेड क्लासेनको नाममा १–१ विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण