दोहोरो अङ्कले घट्यो सेयर बजार, ८ अर्ब ६१ करोडको कारोबार
सारांश
- मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.२५ अङ्कले घटेको छ, र बजार २६६२.१४ विन्दुमा बन्द भयो।
- आज कुल ३२४ कम्पनीका सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भयो।
- विकास बैंक उपसमूह सबैभन्दा बढी घटेको छ भने कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाए।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार १०.२५ अङ्कको गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार ०.३८ प्रतिशतले ओरालो लागेर २ हजार ६ सय ६२ दशमलव १४ विन्दुमा पुगेर बन्द भएको छ ।
आज बजार खुलेदेखि नै उतारचढावपूर्ण देखिए पनि अन्त्यमा घटेर बन्द भएको हो । कुल ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर खरिद–बिक्री हुँदा आज ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा रहेका १३ वटा उपसमूहमध्ये आज व्यापार र म्युचुअल फन्ड बाहेक सबै उपसमूहको सूचकमा गिरावट देखिएको छ। व्यापार उपसमूह ०.५२ प्रतिशत र म्युचुअल फन्ड ०.१९ प्रतिशतले बढ्दा विकास बैंक उपसमूह सबैभन्दा बढी १.१५ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका कम्पनीहरूमध्ये ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको घटेको छ र ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कम्पनीगत आधारमा हेर्दा कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ६.३६ प्रतिशत नाफा कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.२४ प्रतिशतले घटेर सर्वाधिक गुमाउनेमा परेको छ ।
कारोबार रकमका आधारमा अपि पावर कम्पनी ४५ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रहेको छ। त्यसैगरी अरुण काबेली पावर, रिडी पावर र युनियन हाइड्रोपावर र अरूण काबेली हाइड्रोपावरको पनि उल्लेख्य कारोबार भएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण