बाँकेमा सवारी दुर्घटनामा परी ७ महिनामा ३१ जनाले ज्यान गुमाए
नेपालगञ्ज । बाँके जिल्लामा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनामा परी ३१ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ २५ गतेसम्म ६५३ वटा सवारी दुर्घटना भएका छन् ।
ट्राफिक कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले भने, ‘हालसम्मको अवधिमा भएको दुर्घटनामा २१ जना पुरुष, सात जना महिला र तीन जना बालकले ज्यान गुमाएका छन् ।’
ती दुर्घटनामा परेर ६६ जना मानिस गम्भीर घाइते भएका छन् भने एक हजार ३० जना सामान्य घाइते भएका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा यसै अवधिमा भने ४७ जनाले ज्यान गुमाएका थिए । यस अवधिमा ४० जना पुरुष, ६ जना महिला र एक जना बालकको सवारी दुर्घटनामा परी मृत्यु भएको इन्सपेक्टर शाहीले बताए ।
गत वर्ष सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । माघ महिनामा मात्रै गत वर्ष ६२ वटा मोटरसाइकल, १४ वटा टेम्पो र ११ वटा जीप-कार दुर्घटनामा परेका थिए । यस्तै चालु वर्षको हालसम्म १४ हजार ३८५ सवारी साधनलाई कारबाही गरिएको छ । त्यसबाट एक करोड १६ लाख ३१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका ४१३ जना र तीव्र गतिमा सवारी साधन चलाएका ५६४ जनालाई कारबाही गरिएको इन्सपेक्टर शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण