विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
सारांश
- काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप अभियानलाई व्यवस्थित गर्न निर्देशन दिइन्।
- सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी खोप निःशुल्क उपलब्ध गराएको छ, जसबाट किशोरीहरू लाभान्वित हुनेछन्।
- महानगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरूमा खोप अभियान सञ्चालन गरिरहेको छ र किशोरीहरूलाई सहभागी हुन आग्रह गरेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप अभियानलाई व्यवस्थित रूपमा अघि बढाउन निर्देशन दिएकी छन्। मङ्गलवार डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयमा खोप अभियानको उद्घाटन गर्दै उनले स्वास्थ्य विभाग र मातहतका सबै पक्षलाई यो अभियान सफलतापूर्वक सम्पन्न गर्न सचेत गराएकी हुन्।
पाठेघरको मुखको क्यान्सर प्रतिरोधी यो खोप सरकारले निःशुल्क उपलब्ध गराएको हो। यसअघि शुल्क तिरेर लिनुपर्ने यो भ्याक्सिन अहिले विद्यालय तहमै निःशुल्क उपलब्ध गराइएकाले धेरैभन्दा धेरै किशोरीहरूले यसबाट लाभ लिनुपर्ने डंगोलले बताइन्। "यो कार्यक्रम महानगरभरिका सबै स्कुलहरूमा लागू भइरहेको छ, यसलाई व्यवस्थित रूपमा अघि बढाई धेरैभन्दा धेरै बहिनीहरूले लाभ लिऊन् भन्ने हाम्रो चाहना छ," उनले भनिन्।
पाठेघरको मुखको क्यान्सरका कारण महिलाहरूको ज्यान जाने क्रम बढेपछि सरकारले यसको प्रतिरोधका लागि देशव्यापी रूपमा खोप अभियान सञ्चालन गरेको हो। महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै विद्यालयमा यो अभियान सञ्चालन भइरहेको जानकारी दिँदै खोप लिन बाँकी किशोरीहरूलाई सहभागी हुन आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण