पूर्व पाकिस्तानी खेलाडी एहसान पाकिस्तानविरुद्धकै खेलबाट अमेरिकाका लागि डेब्यु
काठमाडौँ । कुनै समय पाकिस्तानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका तीव्र गतिका बलर एहसान आदिलले अब अमेरिकाको जर्सीमा सोही प्रतिद्वन्द्वीविरुद्ध मैदान उत्रिएर नयाँ यात्राको सुरुवात गरेका छन्। कोलम्बोमा जारी खेलमा अमेरिकाले टस जितेर बलिङ रोजेपछि आदिलले आफ्नो पूर्व टोली पाकिस्तानविरुद्ध डेब्यु गर्ने अवसर पाएका हुन्।
घाइते जसिदीप सिंहको विकल्पका रूपमा सोमबार राति मात्र टोलीमा समावेश गरिएका उनलाई भारतविरुद्धको खेलका क्रममा घाइते भएका अली खानको स्थानमा सिधै प्लेइङ ११ मा राखिएको छ। ३२ वर्षीय आदिलले सन् २०१३ देखि २०१५ को बिचमा पाकिस्तानका लागि तीन टेस्ट र पाँच एकदिवसीय खेल खेलेका थिए।
पछिल्लो समय अमेरिका बसाई सरेका उनले मेजर लिग क्रिकेटका तीनवटै सिजनमा एमआई न्युयोर्कबाट प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। एसएससी स्टेडियमको नयाँ फ्लडलाइटमा भइरहेको यो ऐतिहासिक खेलमा अमेरिकी कप्तान मोनांक पटेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि आदिलले सुरुवातमै आफ्नो बलिङ कौशल देखाउने मौका पाएका हुन्।
भारतविरुद्धको अघिल्लो खेलमा निकै प्रतिस्पर्धात्मक प्रदर्शन गरेको अमेरिकाले यस खेलमा दुईवटा परिवर्तन गरेको छ। टोलीले साइतेजा मुक्कामल्लाको स्थानमा शायन जहाँगीरलाई ओपनिङमा मौका दिएको छ। यस्तै, भारतविरुद्धको खेलमा घाइते भएर पनि एक खुट्टाको भरमा ब्याटिङ गरेका शुभम रञ्जने फिट घोषित हुँदै टोलीमा यथावत रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण