जेल जानुअघि भावुक बने राजपाल यादव : सहयोगका लागि अघि सरे सोनू सूद
काठमाडाैँ । ९ करोड भारतीय रुपैयाँको ऋण र चेक बाउन्स प्रकरणमा तिहाड जेलमा आत्मसमर्पण गर्नुअघि बलिउड अभिनेता राजपाल यादवले आफ्नो पीडा पोखेका छन्।
आफू गम्भीर आर्थिक सङ्कटमा परेको र मद्दत माग्ने कोही नभएको बताएका राजपालका लागि अभिनेता सोनू सूदले सहयोगको हात बढाएका छन्। सोनूले राजपाललाई आफ्नो नयाँ फिल्ममा अनुबन्ध गर्दै केही रकम ’साइनिङ अमाउन्ट’ का रूपमा समेत उपलब्ध गराउने घोषणा गरेका छन्।
सोनू सूदले सामाजिक सञ्जालमा लेख्दै राजपाल यादव एक प्रतिभाशाली कलाकार भएको र समयले कहिलेकाहीँ अन्याय गर्ने उल्लेख गरेका छन्। सोनूका अनुसार यो सहयोग दान नभई एक कलाकारको सम्मान र गरिमा हो।
उनले फिल्म उद्योग एउटा परिवार भएको र अप्ठ्यारोमा परेका सहकर्मीलाई साथ दिनु सबै निर्माता तथा निर्देशकको दायित्व भएको बताएका छन्। सोनूका साथै जेम्स टुन म्युजिकका मालिक राव ईन्द्रजीत सिंह यादवले पनि राजपाललाई १ करोड ११ लाख भारतीय रुपैयाँ आर्थिक सहयोग गर्दै देशवासीलाई पनि साथ दिन अपिल गरेका छन्।
सन् २०१० देखिको यो विवाद राजपालले निर्देशन गरेको फिल्म ‘अता पता लापता’ का लागि लिएको ५ करोड ऋणबाट सुरु भएको हो। फिल्म फ्लप भएपछि उनले ऋण तिर्न दिएका चेकहरू बाउन्स भएका थिए। ब्याजसहित उक्त रकम बढेर ९ करोड पुगेको छ।
सन् २०१८ मा दिल्लीको अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको थियो। बीचमा केही समय राहत पाए पनि अन्ततः रकम तिर्न नसकेपछि उनले आत्मसमर्पण गरेका हुन्।
जेल जानुअघि उनले फिल्म क्षेत्रमा कोही कसैको साथी नहुने र यो लडाइँ आफूले एक्लै लड्नुपर्ने भन्दै निराशा व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण