ट्रम्पद्वारा अमेरिका–क्यानडा जोड्ने पुल उद्घाटन रोक्ने धम्की
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले क्षतिपूर्ति नदिएसम्म पुल सञ्चालनमा रोक लगाउने धम्की दिएका छन्।
- ओन्टारियो र मिसिगन जोड्ने गाँर्डी होवे पुल क्यानडाले अमेरिकीसँग निष्पक्ष व्यवहार नगरेसम्म नखुल्ने ट्रम्पको भनाइ छ।
- मिशिगनकी सिनेटरले पुल रोक्दा राज्यको अर्थतन्त्रमा हानि हुने चेतावनी दिइन्, तर ट्रम्पसँग कानुनी अधिकार छ वा छैन भन्ने स्पष्ट छैन।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्यानडालाई जोड्ने अन्तर्राष्ट्रिय पुलको उद्घाटन रोक्ने धम्की दिएका छन् । क्यानडाले अमेरिकालाई दिनुपर्ने सबै प्रकारका योगदानको ‘पूर्ण क्षतिपूर्ति’ नपाएसम्म उक्त पुल सञ्चालनमा नआउने ट्रम्पको चेतावनी छ ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओन्टारियो (क्यानडा) र मिसिगन (अमेरिका) जोड्ने गाँर्डी होवे अन्तर्राष्ट्रिय पुल जबसम्म क्यानडाले अमेरिकासँग ‘निष्पक्ष व्यवहार ’नगर्ने अवस्था अन्त्य हुँदैन तबसम्म नखुल्ने बताएका छन् ।
पुल परियोजनाको आधिकारिक वेबसाइटका अनुसार, यसको निर्माण खर्च क्यानडाले व्यहोरेको हो । यद्यपि पुलको स्वामित्व भने क्यानडा र अमेरिकी राज्य मिसिगन दुबैको हुने व्यवस्था छ ।
यस विषयमा मिशिगनकी डेमोक्रेट सिनेटर एलिसा स्लाँटकिनले पुल उद्घाटन रोक्नु राज्यको अर्थतन्त्रका लागि अत्यन्त हानिकारक हुने चेतावनी दिएकी छन् । उनका अनुसार यो पुलले व्यापार, रोजगारी र सीमापार आवागमनमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।
तर राष्ट्रपति ट्रम्पसँग वास्तवमै पुलको उद्घाटन रोक्ने कानुनी अधिकार छ वा छैन भन्ने विषयमा अहिलेसम्म स्पष्टता आएको छैन । सन् २०१८ मा निर्माण सुरु गरिएको उक्त पुल आवश्यक परीक्षण प्रक्रिया पूरा भएपछि सन् २०२६ को सुरुआतमै सञ्चालनमा ल्याउने योजना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेले किटान गरेका शत्रु काे–काे हुन् ?
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
गृहमन्त्रीको अमलेटमा काँडा भेटिएको लर्ड्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण