चेल्सी र लिड्स युनाइटेडबिच रोमाञ्चक बराबरी
सारांश
- चेल्सी र लिड्स युनाइटेडबीचको खेल २-२ गोलको बराबरीमा सकियो।
- चेल्सीका लागि जोआओ पेड्रो र कोल पाल्मरले गोल गरे भने लिड्सका लागि लुकास नेमेचा र नोआ ओकाफोरले गोल गरे।
- बराबरीपछि चेल्सीको अंक ४४ पुग्यो र लिगको पाँचौँ स्थानमा यथावत छ।
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा चेल्सी र लिड्स युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् । स्ट्यामफोर्ड ब्रिजमा भएको यस खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरे ।
खेलको २४औँ मिनेटमा जोआओ पेद्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५८औँ मिनेटमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
तर ६७ औँ मिनेटमा लुकास नेमेचाले पेनाल्टीमा गोल गर्दै लिड्स युनाइटेडलाई खेलमा फर्काए । त्यसको छ मिनेटपछि नै नोआ ओकाफोरले बराबरी गोल गर्दै टोलीका लागि महत्त्वपूर्ण अंक सुरक्षित गरे ।
खेलको अन्त्यसम्म दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल हुन नसक्दा अंक बाँडफाँडमै खेल टुंगिएको हो ।
बराबरीसँगै २६ खेल खेलेको चेल्सीको अंक संख्या ४४ पुगेको छ र टोली हाल लिग तालिकाको पाँचौँ स्थानमा कायम छ । समान खेलबाट लिड्स युनाइटेडले ३० अंक जोडेको छ ।
आजै भएको अर्को खेलमा न्यूकासलले टोटनह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै न्यूकासलको ३६ अंक पुगेको छ ।
त्यस्तै, अर्को खेलमा बोर्नेमाउथले एभर्टनमाथि २– १ को जित हात पारेको छ । जितसँगै बोर्नेमाउथले तालिकामा आफ्नो अंक ३७ पुर्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् रास्वपामा रवि लामिछानेले देखेका चुनौती
-
लामो समय लाइन बस्दा पनि उम्मेदवारी फारम नपाएपछि प्रतिनिधिहरू आक्रोशित
-
नेपाल शिक्षण संस्था सर्वेक्षण, २०८१ को नतिजा सार्वजनिक
-
पहिलोपल्ट अधिकांश पालिकामा छन् हाकिम, १८ मात्र निमित्तको भरमा
-
भरतपुरको लर्ड्स बिजनेस कम्प्लेक्स होटललाई ३ लाख रुपैयाँ जरिबाना
-
विष्णु पौडेललाई प्रहरी प्रभाग सानेपाको हिरासतमा राखिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण