अल्बानियामा हिंस्रक बन्यो सरकार विरोधी प्रदर्शन
सारांश
- अल्बानियाको राजधानी टिरानास्थित प्रधानमन्त्रीको कार्यालय बाहिर भएको सरकार विरोधी प्रदर्शन हिंस्रक बन्यो।
- प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १६ जना घाइते भए, र कम्तिमा १३ जना पक्राउ परे।
- यो प्रदर्शन उपप्रधानमन्त्रीको राजीनामाको माग गर्दै भएको थियो, जसलाई विपक्षी दलका नेताले आह्वान गरेका थिए।
टिराना । अल्बानियामा सरकार विरोधी प्रदर्शन हिंस्रक बनेको छ । राजधानी टिरानामा प्रधानमन्त्री एडी रामाको कार्यालयबाहिर भएको सरकार विरोधी प्रदर्शन मंगलबार राति हिंस्रक बनेको हो ।
प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो भने प्रदर्शनकारीले प्रहरीतर्फ मोलोटोभ ककटेल र बत्ती फ्याँकेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार संसद् भवन नजिकै पनि झडप भएको थियो । घटनामा कम्तीमा १६ जना घाइते भएर अस्पताल पुर्याइएका छन् । घाइते हुनेमा प्रहरी, प्रदर्शनकारी वा दुवै पक्षका मानिस परे नपरेको विषयमा फरक फरक समाचार आइरहेका छन् । घटनास्थलबाट कम्तीमा १३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यो प्रदर्शन पछिल्ला महिनाहरूमा हुँदै आएका सरकार विरोधी आन्दोलनको पछिल्लो कडी हो । अभियोजकहरूले उपप्रधान तथा ऊर्जा एवं पूर्वाधार मन्त्री बेलिन्डा बालुकुले सरकारी निर्माण ठेक्कामा हस्तक्षेप गरेको आरोप लगाएपछि गत नोभेम्बरदेखि राजनीतिक असन्तुष्टि चुलिएको छ ।
उनी केही समय निलम्बनमा परेकी थिइन्, तर उनी प्रधानमन्त्री रामाको आग्रहमा पुनः पदमा फर्किएकी थिइन् । प्रदर्शनकारीहरूले रामासँगै बालुकुको राजीनामा मागिरहेका छन् र सांसद्ले बालुकुको कानुनी उन्मुक्ति खारेज गर्नुपर्ने माग राखेका छन् ।
मंगलबारको प्रदर्शनमा १ हजार ३०० भन्दा बढी प्रहरी तैनाथ गरिएको थियो । यो आन्दोलन विपक्षी डेमोक्रेटिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री साली बेरिशाले आह्वान गरेका हुन् ।
उनले देशमा शान्तिपूर्ण जनविद्रोह सुरु भएको दाबी गरेका छन् । बेरिशा स्वयं पनि विगतमा भ्रष्टाचार आरोपमा तानिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण