राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष झा रास्वपामा प्रवेश
बुधबार, २८ माघ २०८२, १४ : २१
१
सारांश
- राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजिव झाले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी समर्थन जनाए।
- उनले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने घोषणा गरे।
- यसअघि रामुपाका नेताहरूले पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका थिए।
जनकपुरधाम । राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय उपाध्यक्ष तथा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार राजिव झा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । बुधबार रास्वपामा प्रवेश गर्दै उनले सोही क्षेत्रका रास्वपाका उम्मेदवार मनिष झालाई समर्थन गर्ने घोषणा गरेका छन्।
राजेन्द्र महतो नेतृत्वको रामुपाबाट ‘जाँतो’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएका झाले ‘घण्टी’ चिह्नका उम्मेदवार मनिष झालाई समर्थन गरेका हुन् ।
केही दिनअघि मात्र रामुपाका केन्द्रीय कार्यकारणी समिति सदस्य सञ्जय सिंह, केन्द्रीय सचिव सञ्जय चौधरीसहित धनुषाका अधिकांश नेताहरू पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका थिए ।
झा रास्वपामा प्रवेश गरेसँगै धनुषा– ३ को चुनावी समीकरण फेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङ र सुरक्षा प्रमुखहरू छलफलमा
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण