ब्रिटनी स्पियर्सले बेचिन् आफ्नो सम्पूर्ण म्युजिक क्याटलगको अधिकार
सारांश
- पप स्टार ब्रिटनी स्पियर्सले आफ्नो सम्पूर्ण संगीत क्याटलग प्राइमरी वेभलाई बेचेकी छिन्।
- उनले आफ्नो क्याटलग २० करोड डलरमा बेचेकी हुन्, जसमा उनका चर्चित गीतहरू समावेश छन्।
- यो बिक्री उनको वित्तीय स्वतन्त्रता र संगीत करियरको नयाँ अध्यायको संकेत हो।
लस एन्जलस । पप सुपरस्टार ब्रिटनी स्पियर्सले आफ्नो सम्पूर्ण म्इुजिक क्याटलगको अधिकार बेचेकी छिन् । बीबीसीका अनुसार ४४ वर्षीया स्पियर्सले २०२५ को ३० डिसेम्बरमा स्वतन्त्र म्युजिक पब्लिशर प्राइमरी वेभलाई करिब २० करोड डलरमा आफ्नो क्याटलग बिक्री गरेकी हुन् ।
सन् १९९९ मा डेब्यू गरेदेखि १५० मिलियनभन्दा बढी रेकर्ड बिक्री गर्ने स्पियर्स विश्वकै सबैभन्दा सफल महिला कलाकारमध्येकी एक हुन् । उनको क्याटलगमा बेबी वन मोर टाइम लगायत उनका चर्चित गीतहरू समावेश छन् ।
स्पियर्सको करिअर लामो समयसम्म उनको पिताले नियन्त्रित गरेको कन्जर्भेटरशिपसँग सम्बन्धित थियो । जसले उनको व्यक्तिगत र पेशागत जीवनलाई लामो समय नियन्त्रणमा राखेको थियो । १३ वर्ष लामो कन्जर्भेटरशिप समाप्त भएपछि २०२१ मा उनी स्वतन्त्र भइन् ।
स्पियर्सको पछिल्लो गीत २०२२ मा एल्टन जोनसँगको डुएट थियो । जनवरी २०२४ मा उनले संगीत उद्योगमा फेरि कहिल्यै नफर्किने घोषणा गरेकी थिइन् । प्राइमरी वेभले यसअघि नोटोरियस बीआईजी, प्रिन्स र व्हिटनी ह्युस्टनको क्याटलग अधिकार पनि प्राप्त गरिसकेको छ ।
कम्पनीका संस्थापक लारेन्स मेस्टेलले २० वर्षअघि कर्ट कोबाइनको निर्वाना क्याटलगको ५०५ हिस्सा किनेका थिए । ब्रुस स्प्रिंगस्टिन, जस्टिन बिबर, जस्टिन टिम्बरलेक र शाकिरा जस्ता हाई–प्रोफाइल गायक गायिकाले पनि आफ्नो क्याटलग बिक्री गरिसकेका छन् । स्प्रिंगस्टिनले २०२१ मा सोनीलाई आफ्नो ब्याक क्याटलग ५० करोड डलरमा बेचेका थिए । बिबरले पनि यसका लागि २०२३ मा २० करोड डलरको सम्झौता गरेका थिए ।
ब्रिटनी स्पियर्सको यस क्याटलग बिक्रीले उनको संगीत करिअरको नयाँ अध्यायलाई संकेत गर्छ । यो वित्तीय स्वतन्त्रता हासिलतर्फ उनको लागि महत्वपूर्ण कदम मानिएको छ । २०२३ मा आफ्नो आत्मकथा ‘द वुमन इन मि’मा स्पियर्सले कन्जर्भेटरशिपको अनुभवबारे लेखेकी थिइन् । यस बिक्रीसँगै स्पियर्सको संगीत सम्पत्ति अब प्राइमरी वेभको नियन्त्रणमा हुनेछ, जसले उनको गीतहरूको भविष्यमा प्रयोग, रिमिक्स र व्यापारिक अधिकार व्यवस्थापन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण