नक्कली विद्यावारिधि देखाएर जागिर खाने त्रिविका सह–परीक्षा नियन्त्रकलाई ६ महिना जेल
सारांश
- नक्कली विद्यावारिधि पेश गरेको आरोपमा डिल्लीराम प्रसाईंलाई विशेष अदालतले दोषी ठहर गरेको छ।
- अदालतले प्रसाईंलाई ६ महिना कैद र १० हजार जरिवाना तथा पीडित राहत कोषमा ४०० रुपैयाँ जम्मा गर्न आदेश दिएको छ।
- प्रसाईंले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक पदका लागि नक्कली शैक्षिक योग्यता पेश गरेका थिए।
काठमाडौँ । नक्कली शैक्षिक योग्यता (विद्यावारिधि) को आधारमा त्रिभुवन विश्वविद्यालयको सह–परीक्षा नियन्त्रक पदमा नियुक्त भएका डिल्लीराम प्रसाईँलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रसाईँलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो । साथै प्रसाईँले अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा ४०० रुपैयाँ जम्मा गर्नुपर्ने अदालतले फैसला गरेको छ ।
प्रसाईँले त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरको सह–परीक्षा नियन्त्रक पदका लागि आवेदन दिँदा आफूले ’विद्यावारिधि’ प्राप्त गरिसकेको भनी स्वघोषणा गरेका थिए ।
सोही झुट्टा विवरणका आधारमा उनले मूल्याङ्कन समितिबाट ८ अङ्क प्राप्त गरे र २०८१ मंसिर १८ गते उपकुलपतिबाट नियुक्तिको पत्र समेत पाए । तर, अनुसन्धानका क्रममा उनले आवेदन दिने समयमा विद्यावारिधि प्राप्त गरिनसकेको खुलेको थियो ।
त्रिवि अनुसन्धान समितिको निर्णय अनुसार उनले २०८१ माघ २९ गते मात्र उक्त उपाधि प्राप्त गरेको देखिएको छ । यसरी उपाधि नै नपाएको समयमा आफूसँग डिग्री भएको झुट्टा विवरण पेस गरी सरकारी लाभ (पद) लिएको पुष्टि भएपछि उनी विरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको थियो । अन्य प्रतिवादीहरूले जयलक्ष्मी प्रधान, मेघराज पोखरेल र मोतीलाल शर्माले भने सफाइ पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण