रास्वपाका नेता प्रणयशम्शेर राणाले दिए पार्टीबाट राजीनामा
बिहीबार, २९ माघ २०८२, ११ : ४८
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँका नेता प्रणय शम्शेर राणाले पार्टीबाट राजीनामा दिए।
- राणाले पार्टीमा आन्तरिक लोकतन्त्र र सुशासनको विषयमा बहस गरे तर पार्टी केन्द्रले ध्यान नदिएको आरोप लगाए।
- उनले पार्टीभित्रको निर्वाचनमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै राजीनामा दिएका हुन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडाैँका नेता प्रणयशम्शेर राणाले पार्टीबाट राजीनामा दिएका छन् । बिहीबार राणाले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
राणाले पार्टीमा आबद्ध भएयता आफूले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शिताको विषयमा बहस पैरवी गर्दै आएको तर पार्टी केन्द्रले आफ्नो अनुकूल सङ्गठन र साङ्गठनिक संरचनामा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।
उनले पार्टीभित्रको प्राइमरी निर्वाचनमा पनि आर्थिक अपचलन भएको आरोप लगाएका छन् । उनले आफ्नो राजीनामाबाट प्रभावित हुने स्वदेश र विदेशमा रहेका सङ्गठन र शुभेच्छुकहरुमा क्षमा समेत मागेका छन् ।
_EHK0i3KsBY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनापछि गृहमन्त्री सुधन गुरुङ र सुरक्षा प्रमुखहरू छलफलमा
-
पहिराेमा परी वृद्धको मृत्यु, एक जनाको उद्धार
-
मोदीको भिडियोले सामाजिक सञ्जालमा मच्चायो हलचल, आईशोस्पीडलाई उछिने
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण