सदन
राष्ट्रियसभा अधिवेशन अन्त्य
बिहीबार, २९ माघ २०८२, १२ : ०१
काठमाडौँ । भोलि (फागुन–१ गते)देखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।
संसद् सचिवालयका अनुसार नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधि सभा र नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य सम्मिलित दुवै सभाको बैठक अबअर्को अधिवेशनमा सँगै बस्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण