कारबाहीले डामिएका अधिकृतहरू प्रशिक्षार्थीको सामु उभिने हैसियत राख्दैनन् : आईजीपी कार्की
सारांश
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गुणस्तरीय तालिमको महत्वबारे बताएका छन्।
- उनले कारबाहीमा परेका प्रहरी कर्मचारीलाई प्रशिक्षणमा संलग्न नगर्न जोड दिए।
- प्रहरी प्रशिक्षण प्रतिष्ठानले ७० औँ वार्षिकोत्सव मनायो, जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो।
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सेवाप्रति विश्वास बढाउन गुणस्तरीय तालिम अपरिहार्य भएको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औँ वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै आईजीपी कार्कीले गुणस्तरीय तालिम प्रदान गर्न तालिम लिने र दिनेको छनोट पनि गुणस्तरीय हुनुपर्ने उनले बताए ।
कार्कीले भने– ‘कारबाहीले डामिएका प्रहरी कर्मचारीहरू कुनै पनि भूमिकामा प्रशिक्षार्थीको सामु उभिने हैसियत राख्दैनन् ।’ कारबाहीमा परेर डामिएका अधिकृतहरूले उत्कृष्ट तालिम प्रदान गर्न नसक्ने उनले बताए । प्रहरी एकेडेमीले दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिका अनुकरणीय रहेको उनको भनाइ छ ।
‘बदलिँदो सुरक्षा चुनौती, प्रवृत्तिको तीव्र विकास र अपराधको नयाँ स्वरूपलाई मध्यनजर गर्दै तालिममा समयानुकूल परिवर्तनको प्रयास सह्रानीय छ’ उनले भने, ‘आज अपराध वृहत् रूपमा फैलिएको छ, एउटा भौगोलिक सीमामा मात्र सिमित छैन ।’
साइबर अपराध, आर्थिक, सम्पत्ति शुद्धीकरण, मानव अङ्ग बेचिविखन, सिमा अपराध र अन्तरदेशीय अपराध नयाँ चुनौतिको रूपमा देखिएको उल्लेख गर्दै उनले त्यस्ता अपराध अनुसन्धानमा केन्द्रित जनशक्ति र प्रशिक्षण अब अपरिहार्य भएको बताए ।
२०११ सालमा ललितपुरको श्रीमहलबाट सुरु भएको प्रहरीको तालिम केन्द्र महाराजगन्जमा सदर प्रहरी तालिम केन्द्रको रूपमा स्थापना भएको थियो । सो तालिम केन्द्रले आज ७० औँ वार्षिकोत्सव मनाएको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा पूर्वप्रहरी निरीक्षक ठागप्रसाद चौधरीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण