‘युवालाई प्रविधिसँग जोडेर उद्यमशीलतामा अगाडि बढाउने योजनाका साथ चुनावमा होमिएका छौँ’
सारांश
- पुष्पा भुसालले युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलतामा अगाडि बढाउने योजना रहेको बताइन्।
- उनले सूचना प्रविधि, कृषि आधुनिकीकरणलगायतका क्षेत्रमा युवालाई अवसर सिर्जना गर्ने नीति कांग्रेसले लिएको बताइन्।
- भुसालले बहुमत नहुँदा जनताका अपेक्षाअनुसार काम गर्न नसकिएको स्वीकार गरिन्।
अर्घाखाँची । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले युवालाई प्रविधिसँग जोडेर उत्पादन र उद्यमशीलतामा अगाडि बढाउने योजनाका साथ कांग्रेस चुनावमा गएको बताएकी छिन् ।
नेपाली कांग्रेस मालारानी गाउँपालिकाले बिहीबार खनदहमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उपसभापति भुसालले यसे बताएकी हुन्।
सूचना प्रविधि, कृषि आधुनिकीकरण, साना तथा मझौला उद्योग, पर्यटन तथा नवप्रवर्तनका क्षेत्रमा युवालाई अवसर सिर्जना गर्ने नीति कांग्रेसले अघि सारेको उनले दाबी गरिन् । उनले थपिन्, ‘कांग्रेसको प्राथमिकता भनेको युवालाई प्रविधिसँग जोडेर स्वदेशमै रोजगारी र स्वरोजगार सिर्जना गर्नु हो ।’
युवालाई विदेश पलायन गराउने होइन, स्वदेशमै स्वरोजगार सिर्जना गर्ने नीति नै कांग्रेसको पहिलो प्राथमिकता रहेको उनले बताइन् ।
पूर्वउपसभामुखसमेत रहेकी भुसालले २०६४ सालपछि नेपाली कांग्रेसले कुनै पनि समयमा स्पष्ट बहुमतको सरकार बनाउन नसकेको उल्लेख गर्दै त्यसकै कारण जनताका अपेक्षा अनुसारका कामहरू पूरा गर्न कठिनाइ भएको स्वीकार गरिन् । ‘बहुमत नभएकै कारण जनताका धेरै चाहना र मागहरू पूरा हुन सकेनन्’, उनले थपिन् ।
कांग्रेस सधैँ लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण