७० वर्षीया बृद्धाले यौन सम्पर्क राख्न नमानेको भन्दै हत्या
गुल्मी– गुल्मीको चन्द्रकोट गाउँपालिकामा एक पुरुषले बृद्धा महिलासँग यौन सम्पर्कको प्रस्ताव राख्दा इन्कार गरेपछि बृद्धाको हत्या गरेका छन् । साउन ४ गते छोरा उमेरको पुरुषले मदिराको नशामा आमा उमेरकी ७० वर्षीया बृद्धासँग यौन सम्पर्कको प्रस्ताव राखेको र सो प्रस्तावको इन्कार गरेपछि हत्या भएको प्रहरीले खुलासा गरेको हो ।
चन्द्रकोट गाउँपालिका वडा नम्वर ४, शान्तिपुर, डाँडा बनकी ७० वर्षीया बृद्धालाई सोही स्थानको ४२ वर्षीय गोकुल सार्कीले त्यसरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेधीले जानकारी दिए ।
प्रहरीका अनुसार साँझ ७ बजे सार्कीले बृद्धसँग यौन सम्पर्कको प्रस्ताव राखेका थिए । ती बृद्धाले अस्वीकार गरेपछि उनले कन्चट र छातीमा मुक्का प्रहार गरी हत्या गरेका थिए । बृद्धाको शव सई शिवबहादुर खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटना स्थलमा पुगेर पोष्टमार्टमका लागि सदरमुकाम ल्याएको छ ।
सार्कीलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी प्रमुख द्धिवेद्धीले बताए । मृतकका आफन्तका अनुसार बृद्धाका श्रीमानको ९ अघि मृत्यु भएको थियो । सार्की अधिकांश समय तिनै बृद्धाको घरमा काम गर्ने र त्यही बस्ने गर्दै आई रहेका थिए ।
सार्कीका घरमा श्रीमतीसहित चार छोरा र नाती समेत रहेको स्थानीयले बताए । मृतकका भने तीन छोरी र एक छोरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण