कार्य सम्पादनमा उपमहानगर : बुटवलको ठिकै, इटहरी कमजोर
सारांश
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा उपमहानगरपालिकाहरूको कार्यसम्पादन कमजोर देखिएको छ।
- बुटवल उपमहानगरपालिका ६४.४४ अङ्क प्राप्त गरी पहिलो भएको छ भने इटहरी सबैभन्दा कमजोर देखिएको छ।
- मूल्याङ्कनले स्थानीय तहहरूको स्रोत परिचालन, बजेट व्यवस्थापन र योजना कार्यान्वयनमा समस्या देखाएको छ।
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा उपमहानगरहरू कमजोर देखिएका छन् । उपमहानगरपालिकाहरूको कार्यसम्पादनमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ६४.४४ अङ्क प्राप्त गर्दै पहिलो भएको छ ।
दाङका दुई उपमहानगरपालिकाहरू तुल्सीपुर ६१.५३ अङ्क र घोराही ६१.०८ अङ्क क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । कैलालीको धनगढी ५६.६०, बाँकेको नेपालगन्ज ५६.५४ अङ्क ल्याएका छन् ।
मकवानपुरको हेटौँडाले ५४.१३ र धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले ५१.५८ अङ्क ल्याउँदै औसत मात्रै कार्यसम्पादन गरेका छन् । सुनसरीको धरान ४९.७६ बाराको कलैया ४९.५७ र जीतपुर सिमरा उपमहानगरपालिका ४८.३९को प्राप्ताङ्क ल्याउँदै औसतभन्दा पनि कम कार्यसम्पादनमा अङ्क ल्याएका हुन् ।
उपमहानगरपालिकाहरू मध्ये सुनसरीको इटहरी उपमहानगरपालिका ३८.९६ अङ्कका साथ कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ । नतिजाले स्थानीय तहहरूको स्रोत परिचालन, बजेट व्यवस्थापन र योजना कार्यान्वयनमा राम्रो नभएको रहेको प्रस्ट देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण