जुम्लामा अति संवेदनशील मतदान केन्द्रहरुको अनुगमन तीव्र
सारांश
- जुम्ला जिल्ला सुरक्षा समितिले फागुन २१ गते हुने निर्वाचनका लागि अतिसंवेदनशील मतदान केन्द्रको अनुगमनलाई तीव्रता दिएको छ।
- जिल्लाका ८५ मतदानस्थलमध्ये ५२ वटालाई अति संवेदनशील र २५ वटालाई संवेदनशीलको रुपमा वर्गीकरण गरिएको छ।
- निर्वाचनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकाय परिचालन गरिनेछ र जिल्लामा ७१,७३९ मतदाता छन्।
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिएसँगै जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदान केन्द्र र मतदानस्थलको अनुगमन कामलाई तीव्रता दिएको छ ।
जिल्लाका आठवटा स्थानीय तहमा कायम गरिएका उक्त मतदान केन्द्र र मतदानस्थलको जिल्ला सुरक्षा समितिले अहिलेसम्म ४२ अतिसंवेदनशील मतदान केन्द्रको अनुगमन गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।
सुरक्षा समितिले अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम भइरहेको छ । सुरक्षाको दृष्टिकोणले जिल्लामा जम्मा ८५ मतदानस्थलमध्ये ५२ वटालाई अति संवेदनशील रुपमा वर्गीकरण गरिएको छ ।
एक सय १० मतदान केन्द्रमध्ये २५ वटा संवेदनशील मतदान केन्द्रको रुपमा राखिएको छ । ६४ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा रुपमा वर्गीकरण गरिएको छ । २१ वटा मतदान केन्द्रलाई सामान्य रुपमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीको भनाइ छ ।
जिल्लामा अति संवेदनशील सूचीमा रहेका सबै मतदानस्थलको निरीक्षण गर्ने योजना रहेको छ । मतदानस्थलको अवस्था, सुरक्षा व्यवस्था र भौतिक पूर्वाधारको अवस्थाको समेत अनुमगन गरिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।
मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचनका लागि जिल्लामा कूल जम्मा मतदाता सङ्ख्या ७१ हजार ७३९ रहेका छन् । कूल मतदातामध्ये महिला मतदातातर्फ ३४ हजार २८० महिला र पुरुष मतदातातर्फ ३७ हजार ४५९ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण