रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक समिक्षाः पुँजीगत खर्च ६ प्रतिशत मात्र, अधिकांश आयोजनामा वित्तिय प्रगति कमजोर
काठमाडाैँ । रक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ । मन्त्रालयले बजेट कार्यान्वयन, मन्त्रालय तथा अन्तर्गतका निकायहरुमार्फत भएको खर्चको विवरण तथा मन्त्रालयअन्तर्गतका निकायहरुबाट सञ्चालित विकास निर्माणका योजनाहरु कार्यान्वयनको अवस्था सार्वजनिक गरेको हो ।
मन्त्रालयकाअनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको लागि सरकारले रक्षा मन्त्रालयको लागि ६२ अर्ब १ करोडभन्दा बढी बजेट विनियोजन गरेकोमा पुस मसान्तसम्म चालु खर्च ५० प्रतिशत र पुँजीगत खर्च जम्मा ७ प्रतिशत मात्र खर्च भएको हो ।
रक्षा मन्त्रालयमातहत सञ्चालित विकास कार्यक्रम तथा आयोजनामा भौतिक प्रगतिको तुलनामा वित्तीय प्रगति समेत कमजोर देखिएको छ । नेपाली सेनाको जिम्मेवारीमा रहेको काठमाडौं–तराई÷मधेस दु्रतमार्गको वित्तिय प्रगती ९.८४ प्रतिशत भएको छ भने भौतिक प्रगति २०.२० प्रतिशत भएको छ ।
मन्त्रालयद्वारा सञ्चालित अन्य विकास निर्माणका आयोजनाहरुमा समेत भौतिक प्रगतिको तुलनामा वित्तिय प्रगति कमजोर देखिएको छ । समिक्षा बैठकमा बोल्दै रक्षा सचिव केदारनाथ शर्माले अर्थ मन्त्रालयबाट विनियोजन भएको बजेट निकाशा नहुँदा मन्त्रालयमातहत सञ्चालित कार्यक्रमहरुमा वित्तीय प्रगति न्युन भएको बताए ।
उनले आर्थिक वर्षको अन्त्यसम्ममा पुँजीगत खर्च ६० प्रतिशत पुर्याउने लक्ष्य रहेको बताए। यो आर्थिक वर्षमा खर्च गर्न नसके अर्को आर्थिक वर्षमा बजेटभार धेरै हुने र पैसा कम हुने चिन्ता भएको कारण विकास निर्माणका आयोजनाहरुमा बढीभन्दा बढी खर्च गर्ने मन्त्रालयको लक्ष्य रहेको उनको भनाइ छ ।
उनले मन्त्रालयअन्गर्तका निकायहरुद्वारा सञ्चालित विकास निर्माणका आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने लक्ष्यसहित सरकार लागिपरेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण