तेस्रो मेयरकप भलिबलको उपाधि आमचोकले उचाल्यो
भोजपुर । भोजपुर नगरपालिकामा भएको तेस्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधि जिल्लाको आमचोक गाउँपालिकाले उचालेको छ ।
नगरको वडा नं ४ सिद्धेश्वर दावास्थित कृष्णलक्ष्मी स्पोट्र्स कम्प्लेक्स परिसरमा आज रामप्रसाद राई गाउँपालिकासँग भएको फाइनल खेलमा आमचोकले उपाधि जितेको हो । आमचोकले तीनवटै सेट २५–२२, २५–२३ र २५–२१ ले जित्दै विजेता बनेको हो । योसँगै उक्त टोलीले रु दुई लाख २२ हजार २२२ प्राप्त गरेको छ ।
यस्तै, उपविजेता बनेको रामप्रसाद राई गाउँपालिकाले रु एक लाख ११ हजार १११ प्राप्त गरेको छ ।
प्रतियोगितामा सेनाको नयाँ श्रीनाथ गण र षडानन्द नगरपालिकाले रु ५५ हजार ५५५ प्राप्त गरेका छन् भने प्रतियोगितातर्फ सर्वोत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिवेरो, उत्कृत्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई रु सात हजार पुरस्कार प्रदान गरिएको छ ।
दावाँली मिलन क्लबको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रयायोजनमा माघ २६ देखि सुरु भएको प्रतियोगितामा प्रदेश प्रहरी कार्यालय विराटनगर, नयाँ श्रीनाथ गण, भोजपुर नगरपालिका, रामप्रसाद राई गाउँपालिक, टेम्केमैयुङ गाउँपालिका, पाख्रिबास नगरपालिका, बेलबारी नगरपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र षडानन्द नगरपालिका गरी १० टोलीले सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण