रौतहट सिडेन नेपालको तेस्रो जिल्ला अधिवेशन, इन्जिनियर चौधरी सर्वसम्मत सभापति
सारांश
- रौतहटमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को जिल्ला अधिवेशन सम्पन्न भयो।
- सिडेन नेपालका अध्यक्षले संगठन विस्तार र आगामी निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने बताए।
- अधिवेशनमा इन्जिनियर प्रविन चौधरी सभापतिमा निर्वाचित भए।
रौतहट । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को स्थानीय केन्द्र रौतहटको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
सिडेन नेपाल नेपाली कांग्रेसको सुभेच्छुक संस्था हो । यसको संगठनात्मक संरचना सातै प्रदेशमा विस्तार भइसकेको छ । कार्यक्रममा सिडेन नेपालका अध्यक्ष इन्जिनियर रवि भुषण झाले विभिन्न स्थानीय केन्द्रहरू पहिलेदेखि नै क्रियाशील रहेको र गठन हुन बाँकी रहेका प्रत्येक जिल्लामा समेत संगठन विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
उनले नेपाली कांग्रेसका सुवेच्छुक संस्थामध्ये सिडेन सबैभन्दा सक्रिय संगठन भएको उल्लेख गर्दै देशव्यापी रूपमा सकारात्मक तथा पेशागत गतिविधिमा संगठन सक्रिय रहेको बताए । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ मत वृद्धि गर्न सिडेनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पनि उनले व्यक्त गरे ।
अधिवेशनको उद्घाटन सत्रमा रौतहट जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका नेताहरूले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । विशेष गरी रौतहट–४ का उम्मेदवार देवप्रसाद तिमल्सिना र रौतहट–३ का उम्मेदवार रामकृपाल यादवले इन्जिनियरहरू समाजमा विशिष्ट पहिचान बोकेको पेशागत समुदाय भएको उल्लेख गर्दै आम मतदातासमक्ष सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे । साथै उनीहरूले सम्पूर्ण इन्जिनियरहरूलाई साथ, सहयोग र समर्थन गर्दै आफूहरूलाई मतदान गर्न तथा अरूलाई पनि मतदानका लागि प्रेरित गर्न अनुरोध गरे ।
अधिवेशनबाट सर्वसम्मत रूपमा इन्जिनियर प्रविन चौधरी सभापतिमा निर्वाचित भए ।
कार्यक्रममा अध्यक्ष झाले सिडेनले सधैं इन्जिनियरहरूको हकहित संरक्षण, पेशागत सुदृढीकरण तथा क्षमता अभिवृद्धिका लागि नेपाल सरकारसँग नीतिगत तहमा पहल गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण