शेख हसिनाद्वारा निर्वाचन परिणाम अस्वीकार
सारांश
- बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आम निर्वाचनलाई फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरिन्।
- हसिनाले आफ्नो पार्टीलाई चुनावमा प्रतिबन्ध लगाइएको र अन्तरिम सरकारले गैरकानुनी रूपमा सत्ता कब्जा गरेको आरोप लगाइन्।
- बीएनपीले बहुमत ल्याए पनि हसिनाले चुनावले जनताको प्रतिनिधित्व नगर्ने दाबी गरिन्, र तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित छ।
ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बिहीबार सम्पन्न आम निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरेकी छन्। भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्नो पार्टी 'अवामी लिग' लाई चुनावमा प्रतिबन्ध लगाइएको र अन्तरिम सरकारले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर निर्वाचन गराएको आरोप लगाउँदै यसलाई अवैध घोषणा गरेकी हुन्।
निर्वाचनको नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै हसिनाले भनिन्, 'मोहम्मद युनुसले असंवैधानिक तरिकाले सत्तामा कब्जा जमाए र सोही सेटिङ अन्तर्गत यो देखावटी चुनाव गराइएको हो। जनमतलाई कुल्चिएर गरिएको यो निर्वाचनको कुनै वैधानिकता छैन।'
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २९९ सिटमध्ये २०९ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ। तर, हसिनाले भने मुख्य प्रतिस्पर्धी दल अवामी लिगलाई प्रक्रियाबाटै बाहिर राखेर गरिएको चुनावले बंगलादेशी जनताको वास्तविक प्रतिनिधित्व नगर्ने दाबी गरेकी छन्। १५ वर्षसम्म बङ्गलादेशमा शासन गरेकी हसिनाको पार्टीलाई यसपटक चुनाव लड्न रोक लगाइएको थियो।
बीएनपीको जितसँगै खालिदा जियाका छोरा तारिक रहमान अब बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका रहमानले दुई क्षेत्रबाट चुनाव जितेका छन्। हसिनाले भने रहमानको नेतृत्व र वर्तमान निर्वाचन प्रक्रिया दुवैलाई अन्तर्राष्ट्रिय मापदण्ड विपरीत रहेको बताएकी छन्।
निर्वाचनमा जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ७० सिट प्राप्त गरेको छ। जमातका प्रमुख शफिकुर रहमानले ढाका-१५ बाट जित हासिल गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण