एसिया कप राइजिङ स्टार्स
पाकिस्तानद्वारा नेपालसामु १ सय ३८ रनको लक्ष्य
शुक्रबार, ०१ फागुन २०८२, ०९ : ५२
सारांश
- थाइल्याण्डमा सुरु भएको महिला एसिया कपमा पाकिस्तान ए ले नेपाललाई १ सय ३८ रनको लक्ष्य दियो।
- पाकिस्तानका कप्तान हाफ्सा खालिदले सर्वाधिक ४० रन बनाइन् भने कविता कुँवरले २ विकेट लिइन्।
- पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो।
बैंकक । थाइल्याण्डमा सुरु भएको डीपी वर्ल्ड महिला एसिया कप राइजिङ स्टार्स २०२६ प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान ए ले नेपालसामु जितका लागि १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३७ रन बनाएको हो ।
पाकिस्तानका लागि कप्तान हाफ्सा खालिदले सर्वाधिक ४० रनको योगदान दिइन् । उनले ३९ बलमा २ चौका १ छक्का प्रहार गरिन् ।
त्यस्तै, वाहिदा अख्तरले १५ बलमा २३ रन जोडिन् । उनले ५ चौका प्रहार गरिन् । हुरैना सज्जादले १७ रन तथा सावाल जुल्फिकरले १० रनको योगदान दिइन् ।
नेपालका लागि कविता कुँवरले शानदार बलिङ गर्दै २ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मनिषा उपाध्याय, रिया शर्मा, सीता राना मगर र रुविना क्षेत्रीले १–१ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण