समाचार
पूर्वराजा शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउँदै
शुक्रबार, ०१ फागुन २०८२, १० : ४८
१
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउँदैछन्।
- मौसमको कारण जहाज डिले भएपछि उनले हेलिकप्टर प्रयोग गर्ने निर्णय गरे।
- शुक्रबार राजावादीहरूले उनको स्वागतको तयारी गरिरहेका छन्, र प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमा काठमाडौँ आउने भएका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो ।
तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । सुरक्षा स्रोतका अनुसार शाह कैलाश हेलिकप्टरमार्फत काठमाडौँ आउन लागेका हुन् ।
उनी मध्यान्ह १२ बजे झापाबाट हेलिकप्टरमा काठमाडौँतर्फ प्रस्थान गर्नेछन् । करिब १ घण्टा १० मिनेटमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
शुक्रबार राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा मानिस भेला गर्ने तयारी गरिरहेका छन् । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण