पूर्वराजाको सवारीका कारण कस्तो छ एयरपोर्ट क्षेत्रको ट्राफिक अवस्था ?
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको सवारीका कारण काठमाडौँस्थित त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा निकालिएको र्यालीका कारण सवारी आवागमनलाई विभिन्न स्थानमा डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौँको गौशालाबाट चाबहिल हुँदै गोपिकृष्णतर्फ जाने सवारी साधनलाई गौशालाबाटै पुरानोबानेश्वर र रातोपुलतर्फ पठाइएको छ। चाबहिलबाट गौशालातर्फ आउने सवारी साधन भने सञ्चालनमा छन्। गौशालाबाट चाबहिलतर्फ र्याली भइरहेका कारण सवारी साधनलाई डाइभर्सन गरिएको हो ।
मालवाहक सवारी साधनलाई महाराजगञ्जबाट बसुन्धारातर्फ र कोटेश्वर चोकबाट बालकुमारीतर्फ पठाइएको छ । यसका कारण सुकेधारा, गोपिकृष्ण, चाबहिल, मित्रपार्क, जयबागेश्वरी, गौरिघाट, गौशाला, रातोपुल, सेतोपुल, बत्तिसपुतली, पुरानोबानेश्वर, भत्केकोपुल र सिनामंगल चोक क्षेत्रमा सवारी साधन चापका साथ सञ्चालन भइरहेका छन् ।
ट्राफिक प्रहरीले महाराजगञ्ज, सुकेधारा, चाबहिल र गौशाला हुँदै चल्ने सवारी साधनका चालकलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण