रास्वपाले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने
शुक्रबार, ०१ फागुन २०८२, १६ : ०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले फागुन ७ गते सार्वजनिक हुने निश्चित भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
‘फागुन ७ गते हामीले वाचापत्र सार्वजनिक गर्छौँ । सोही अनुसार पार्टी तयारी गरेको छ’, उनले भने ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक सूचना जारी गरेको थियो । अहिलेसम्म प्रमुख राजनीतिक दलहरूमा नेपाली कम्युनिस्ट पार्टी, जसपा नेपालले सार्वजनिक गरिसकेको छ ।
राप्रपाले शनिबार र जसपाले आयोगले ताकिएकै मितिमा सार्वजनिक गर्ने तयारी गरेको छ । यता नेपाली कांग्रेस र नेकपा एमालेले कहिलेसम्म सार्वजनिक गर्ने भनेर टुङ्गो लागेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण