कार फेवातालमा खस्दा एक युवकको मृत्यु
सारांश
- पोखराको फेवातालमा कार खस्दा स्याङ्जाका एक युवकको मृत्यु भएको छ।
- दुर्घटना राति करिब २:१० बजे भएको थियो, जसमा चालकले नियन्त्रण गुमाएका थिए।
- सशस्त्र प्रहरीको गोताखोर टोलीले उनलाई तालबाट निकालेर अस्पताल पठाए पनि उनको मृत्यु भयो।
पोखरा । पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङ रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका कास्कीका अनुसार गएराती अन्दाजी २ः१० बजेको समयमा पामेको गैह्राकोचौतरा नजिकै उक्त दुर्घटना भएको हो।
कारका चालकले नियन्त्रण गुमाउँदा कार अचानक सडकबाट फेवातालमा खसेको थियो। दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल कालिका गणबाट गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहको कमाण्डमा गोताखोरसहित २१ जनाको टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले अचेत अवस्थामा रहेका गुरुङलाई तालबाट बाहिर निकाली तत्काल थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएको थियो। तर, अस्पताल पुर्याइएपछि बिहान ४:३४ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनाग्रस्त कारलाई क्रेनको सहायताले तालबाट बाहिर निकालिएको छ। घटनाबारे थप अनुसन्धानका लागि सवारी साधनलाई वडा प्रहरी कार्यालय बैदाम लगिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण