सैनिक तालिममा नेपालको इतिहास अध्यापन गराउन निर्देशन
शनिबार, ०२ फागुन २०८२, १५ : ३४
सारांश
- प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक तालिममा नेपालको इतिहास अध्ययन गराउन निर्देशन दिएका छन्।
- उनले महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिकहरूलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्।
- सिग्देलले नेपालको गौरव गाथा, परम्परा र संस्कृति चिनाउन इतिहासको अध्ययन आवश्यक रहेको बताए।
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सबै सैनिक तालिममा नेपालको इतिहास अध्ययन-अध्यापन गराउन निर्देशन दिएका छन् । शनिबार जंगी अड्डामा महाशिवरात्रि तथा २६३औँ सेना दिवसको अवसरमा सेनाका सकल दर्जालाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् ।
प्रधानसेनापति सिग्देलले नेपालको गौरव गाथा, परम्परा र संस्कृतिहरू चिनाउन र इतिहासका पाठहरूबाट सिक्न सबै सैनिक तालिमहरूमा इतिहासको अध्ययन र अध्यापन गराउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण