निर्वाचन आयोगद्वारा ५१ प्रकारका सामग्रीको ढुवानी शुरु, कर्णालीका लागि मतपत्र पठाइयो
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक ५१ प्रकारका निर्वाचन सामग्रीहरूको ढुवानी प्रक्रिया अगाडि बढाएको छ । मतदान कार्यका लागि पूर्वनिर्धारित ५२ प्रकारका सामग्रीमध्ये रबर म्याटलाई हटाएर ५१ प्रकारका सामग्रीहरू मात्र जिल्ला जिल्लामा पठाउन शुरु गरिएको हो ।
आयोगले हाल मतदाता नामावली, मतपत्र, नउड्ने मसीको मार्कर, स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी लगायतका आवश्यक सामग्रीहरू खरिद गरी ढुवानी कार्य शुरु गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । उनकाअनुसार कर्णाली प्रदेशका केही जिल्लाहरूमा यी सामग्रीहरू पठाइसकिएको र केही पुग्ने क्रममा रहेको छ ।
साथै कोशी प्रदेश र अन्य जिल्लाहरूका लागि पनि सामग्रीहरू पठाउने तयारी भइरहेको छ । आयोगकाअनुसार फागुनको पहिलो हप्ता सम्ममा अधिकांश जिल्लाहरूमा निर्वाचन सामग्रीहरू पुर्याइसक्ने लक्ष्य राखिएको छ । सामग्री प्राप्त हुने क्रम जारी रहेकाले जाँचबुझ गरी तत्काल सम्बन्धित गन्तव्यमा पठाउने कार्यलाई निरन्तरता दिइएको सूचना अधिकारी घिमिरेले बताए। मतपत्रको हकमा समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रहरू छपाई र प्याकिङ सम्पन्न भइसकेको छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ हालसम्म १ सय ४२ वटा निर्वाचन क्षेत्रका लागि ६६ वटा जिल्लाको मतपत्र छपाइ भइसकेको छ । बाँकी रहेका मतपत्रहरू आइतवारसम्ममा छपाई गरिसक्ने आयोगको तयारी छ ।
सूचना अधिकारी घिमिरेकाअनुसार कर्णाली प्रदेशका जिल्लाहरूका लागि मतपत्रहरू ढुवानी भइसकेका छन् । ती मतपत्रहरू आईतवार साँझसम्ममा जिल्ला सदरमुकामहरूमा पुग्ने गरी व्यवस्थापन मिलाइएको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण